कीवर्डहरू -

पहिलो पटक नेपालमा एङ्गुलर प्रोगामीङ् सम्मेलन सम्पन्न

पहिलो पटक नेपालमा एङ्गुलर प्रोगामीङ् सम्मेलन सम्पन्न

नेपालमा पहिलो पटकएङ्गुलर प्रोगामीङ् सम्मेलन यहि २०७५ साउन ५ गते यल्लो प्यागोडा होटल, काठमाडौँमा सम्पन्न भईको छ । यो सम्मेलन काठमाडौँसगैँ पोखरा, बुटवल, विरगन्ज, चितवन र दाङ गरी नेपालका ५ सहरहरुमा भिडियो कनफेशिङबाट सम्पन्न भएको थियो । योसम्मेलन टाईपस्क्रिप्ट आधारीत हो जुन खुल्ला स्रोत अगाडी–अन्त्य वेब एप्लीकेशन अनुप्रयोग प्ल्यटफर्म हो । 


यस सम्मेलनमा भारतबाट ८ अतिथि वक्ताहरु र नेपालबाट शिवप्रसाद कोइराला, धनानजय कुमार, सैरेन्द्र चौधरी, सरस्वती जैन, निशु गोले, प्रसुन जजोडिया, अभिषेक श्रेष्ठ, पंकज प्रकर आदि अतिथि वक्ताहरु सहभागी हुनु भएको थियो । त्यसका साथै २५ वटा विविध कम्पनीबाट १८० जना सफ्टरवेर विकासकर्ताहरुले सम्मेलनमा सहभागीता जनाउनु भएको थियो ।

सम्मेलनका वक्ताहरुका अनुसार यो सम्मेलन एङ्गुलर प्रोगामीङ् तिर नेपालको पहल भएको बताएका थिए । उनीहरु सम्मेलनमा सहभागी भएका मानिसको सङख्या देखेर अचम्मीत भएका थिए । सम्मेलनमा सहभागीहरु बारेमा बक्ताहरुले उनिहरु उत्तदायी र प्रश्न सोध्नका लागी ध्यान दिएर सुनिरहेको महसुस गरेका थिए साथै उनिहरु सम्मेलनको व्यवस्थापन देखेर अति खुशि भएका थिए । यस्तो प्रकारको सम्मेलन नेपालमा पटक पटक हुनु पर्ने सुझाव दिनु भएको थियो । 
सम्मेलनमा सहभागीका अनुसार यस सम्मेलनले एङ्गुलर प्रोगामीङ् विशेषज्ञता र प्रोफेसरहरुको साथ अन्तरक्रिया गरेर एङ्गुलर प्रोगामीङ् सिक्नको लागी एक राम्रो अवसर ल्यायो । यो सम्मेलन चाख लाग्दो र एङ्गुलरको बारेमा धेरै ज्ञानको साथमा रोचक थियो । कार्यक्रम धेरै दिन भएको भए अझ लाभदायक हुने सहभागीले सुझाव दिए ।