कीवर्डहरू -

इन्टरनेटमा बढेको मूल्य फिर्ता, अब ग्राहकलाइ कर थप नगरिने 

इन्टरनेटमा बढेको मूल्य फिर्ता, अब ग्राहकलाइ कर थप नगरिने 

दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ ।इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो ।

सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले मूल्य बढाएको थियो । अब असार मसान्त अघिको बिलिंग अनुसार नै मूल्य थप नगरि सेवा लिन सकिने सहसचिब विरेन्द्र मिश्रले जानकारी दिए । उनले भने ुअब बढेको मूल्य पुरानै दस्तुरमा समायोजन गरिएको छु ।

\"\"


अन्तर्राष्ट्रिय मूल्यअनुसार सेवाको मूल्य समायोजन गर्नुपर्ने तर्क संचार मन्त्री गोकुल बास्कोटाले अघि सारेका थिए । तर, सेवा प्रदायकले यसरी दस्तुर थपिँदा पनि मूल्य नबढाए घाटा हुने तर्क गर्दै आएका थिए । कार्यदलको बिहीबारको बैठकमा भने इन्टरनेटको मूल्य पुरानै कायम गर्न सेवा प्रदायक सहमत भएका छन् ।