कीवर्डहरू -

माइक्रोसफ्टको विश्वस्तरिय \'इमाजिन कप\'मा नेपाली समुह \'सोचवेयरले जिते प्रथम पुरस्कार

माइक्रोसफ्टको विश्वस्तरिय \'इमाजिन कप\'मा नेपाली समुह \'सोचवेयरले जिते प्रथम पुरस्कार

माइक्रोसफ्टले विश्वस्तरमा आयोजना गरेको इमाजिन कप २०१८ मा नेपाली समुहले प्रथम पुरस्कार हात पारेको छ । नेपालको टिम सोचवेयर आर्टिफिसल इन्टेलिजेन्सी विधाको विश्व विजेता भएको हो ।

\"\"
मंगलबार भएको फाइनलमा इमाजिन कप २०१८ को आर्टिफिसल इन्टेलिजेन्स विधाको बिजेता नेपाली प्रोडक्ट सोचवेयर भएको घोषणा गरियो ।

मिलन थापा, शिशिर श्रेष्ठ र इदा रिजालको समुह सोचवेयरले विश्वमा पछिल्लोसमय चर्चामा रहेको प्रविधि आर्टिफिसियल इन्टेलिजेन्समा उत्कृष्ट अवार्ड जितेको हो ।


सोच्वेरले किसानहरुलाई बिरुवाको रोग पत्ता लगाउने, विशेषज्ञहरु सगँ कुरा गराउने र सल्ला सुझवा दिने विषेशताको कारण यो विधाको बिजेता बनेको हो ।

यस वर्ष इमाजिन कपले १५ हजार अमेरीकी डलरको ३ विधाहरु थपेको थियो, जसमा एआई (आर्टिफिसल इन्टेलिजेन्सी), बिग डाटा, मिक्स रियाल्टी रहेका थिए ।


सोच्वेरले कृषिलाई इन्टरनेट मार्फत किसानका समस्या समाधान गर्न मदत गर्दछ तथा कुषिमा नयाँ पत्ता लगाएका कुराहरुको अपडेट पनि दिने गर्दछ । त्यस्तै इमाजिन कपको बिग डेटा बिधा भारतको ड्रग सेफले जितेको छ र मिक्स रियाल्टी विधा अमेरीकाको पेनग्रामले हात पार्न सफल भएको छ ।

\"\"
यस वर्ष ३३ देशका ४९ टिमहरु विश्व फाईनल प्रतिस्पर्धामा सहभागीता जनाउन पाएका थिए । यस वर्षको इमाजिन कप विश्व च्याम्पीन क्यानेडाको स्मार्ट एआरएम बनेको छ । स्मार्ट एआरएमले माइक्रो सफ्टवेर एयुरेचर प्रयोग गरी प्रोस्थेटिक रोबट हात बनाएको थियो ।

नेपाली समुहले अवार्ड प्राप्त गरेपछि खुसी हुदै माइक्रोसफ्ट नेपालका दिपेन्द« बज्रचार्यले यो जितले नेपालीहरु इनोभेसन र प्रविधिमा कमजोर नभएको प्रमाणित भएको बताए ।