कीवर्डहरू -

कस्ता छन उत्कृष्ट ५ आइटी प्रडक्ट ?

कस्ता छन उत्कृष्ट ५ आइटी प्रडक्ट ?

आइ सलुसन लाइफ
दर्शन टेकको उत्पादन रहेको आइ सोलुसन लाइफ एउटा कम्प्लिट इन्स्योरेन्स म्यानेजमेन्ट सफ्टवेयर हो । सन् २०१० मा स्थापना भएको दर्शन टेकले इन्स्योरेन्स डोमेनमा काम गरिरहेको छ । इन्स्योरेन्स कम्पनीहरुलाई टेक्नोलोजी सोुलसन्स प्रदान गरिरहेको दर्शनटेकले यो सफ्टवेयर नेपालका ७ प्रमुख लाइफ इन्स्योरेन्स कम्पनीहरुमा कार्यान्वयन गरिसकेको छ । \"\"

दर्शनटेकमा उच्च दक्षता प्राप्त गरेका अनुभवी सदस्यहरुको टिम छ । सोही टिमले निर्माण गरेको आइ सलुसन लाइफ विशेषगरी जीवन बीमा कम्पनीहरु, पोलिसी मार्केट, एजेन्सी मार्केट, रेनसुरर, बान्का एस्युरेन्स, इन्स्योरेन्स रेगुलेटर आदिका लागि लक्षित छ । आई सलुसन लाइफका क्लाइन्टहरुमा सिटिजन लाइफ, एसियन लाइफ इन्स्योरेन्स, प्रभु लाइफ, सन लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स आदि छन् । यो प्रडक्टको इनिसियल भ्यालु ३५ लाख रुपियान्को छ ।

iSolutionLife, SMS Code – ICT P1 and Send to 33001

सारथी
सारथी प्रालिले ल्याएको सारथी उत्कृष्ट प्रडक्टको शीर्ष ५ मा पर्न सफल भएको छ । उपभोक्तालाई सहज ट्याक्सी सेवा उपलब्ध गराउने हेतुले सन् २०१६ को मेमा नेपालमा एप्लिकेशन र इन्टरनेटमा आधारित वा कल सेन्टरमा सिधै फोन गरेर ट्याक्सी बुक गरी सेवा लिन सकिने व् \"\" यवस्था यो कम्पनीले ल्यायो । सारथीबाट ट्याक्सी बुक गरेपछि सरकारले तोकेको मिटरमा ट्याक्सी सेवा पाइन्छ । सारथी क्याब ट्याक्सी सेवा उपलब्ध गराउने प्लेटफर्म हो, क्याब एग्रिगेटर हो । सारथीका सबै ट्याक्सीमा ठूलो डिस्प्लेसहितको ट्याब्लेट जोडिएको छ ।

यात्रु चढेपछि चालकले ट्याब्लेटमा यात्रा सुरु गरेको जानकारी दिने बटन थिच्छन् । यो जानकारी सारथीको कन्ट्रोल रुममा पुगिरहेको हुन्छ । त्यसपछि सोही ट्याब्लेटमा ट्याक्सीले यात्रु रिसिभ गरेपछि पार गरेको दूरी, लागेको समय, उठेको भाडा र जाममा बस्दा रोकिएको समयसमेत डिस्प्लेमा हरेक समय हेर्न सकिन्छ । ट्याक्सी गुडिरहेको सडकको नक्सापनि डिस्प्लेमा देख्न सकिन्छ । सँगै ट्याक्सीमा जोडिएको मिटर पनि हेर्न सकिन्छ । आफ्नो गन्तव्यमा पुगेपछि ट्याक्सीले सबै विवरणसहितको बिल प्रिन्ट गरेर दिन्छ । मिटरको बिलअनुसार यात्रुले भाडा तिर्नुपर्छ । फोनबाट बुक हुने मात्रै होइन, सारथीका ट्याक्सी खालीहुँदा जोसुकैले पनि रोकेर चढ्न पाउँछन् । अन्य गाडीसमेत थप्ने तयारी गरिरहेको सारथीले सन् २०२० सम्म २ लाख सवारीलाई प्रतिदिन यो सेवा दिने योजना ल्याएको छ ।

Sarathi, SMS Code – ICT P2 and Send to 33001

\"\"
स्र्माटपालिका
स्मार्ट नेपाल बनाउने अभियानका साथ सुरु गरिएको नमुना प्रोजेक्ट स्मार्टपालिका सुरुवातको केही महिनामै आइसीटी अवार्डको टप ५ मा पर्न सफल भएको छ । सेल एप प्रालिले निर्माण गरेको हो स्र्माटपालिका । प्रशासनिक सुधार तथा सरकारी कामकाजको सहजीकरण गर्नको लागि यसले उद्धेश्य राखेको छ । विश्वका धेरै देशहरूमा सुरु भैसकेको कम्प्युटर वा मोबाइलबाटै राज्य र जनताबिच हुने काम र योजनालाई झन्झट रहित तरिकाले सम्पादन गर्नु नै स्मार्टपालिका हो । हाल नेपालमा वेबसाइट र मोबाइल एप्लिकेसन मार्फत हरेक गाउँपालिका र नगरपालिकाका कामकाज र योजनालाई सहज बनाउने काम भइरहेको छ । \"\"

यसअन्तर्गत हाल नेपालका ७ नगरपालिका र गाउँपालिकामा लागु गरिसकिएको छ । साथै यस वर्ष अन्य धेरै नगरपालिका र गाउँपालिकामा लागु गर्ने पहल भइरहेको छ । सरकार र जनताले आफ्नो ठाउँमै बसेर हरेक जानकारी, सूचना, सिफारिस,कर तिर्ने र अन्य ४२ वटा काम यसबाटै गर्न सकिन्छ । यदि तपाईँको गाउँ नगरपालिकामा स्मार्टपालिका लागिसकेको छ भने ४२ वटा सरकारी कामकाजको लागि दफ्तर धाउनु पर्दैन । नेपालका हरेक स्थानीय निकायलाई सूचना तथा आधुनिक प्रविधिका माध्यमबाट सशक्त बनाई सिङ्गो नेपाललाई नै डिजिटल युगमा प्रवेश गराउने स्मार्टपालिकाको उद्देश्य छ । यसले नगरपालिका वा गाउँपालिकाको महत्वप”र्ण समय बचत मात्रै नगरी सेवाग्राहीलाई छिटो र प्रभावकारी सेवा दिन मद्धत गर्दछ ।

SmartPalika, SMS Code – ICT P3 and Send to 33001

थर्डह्वील \"\"
इम्प्याक्ट आईटी प्रालिले विकास गरेको थर्ड ह्वील मोबाइल एप पनि उत्कृष्ट प्रडक्टहरुको सुचीमा पर्न सफल भयो । प्रविधिमा आधारित उत्साहप्रद अनि नौलो उत्पादनको यो एप्स दुईपांग्रे सवारीसाधन धनीहरूका लागि धेरै सहयोगी हुने कम्पनीको दाबी छ । मध्यमवर्गीय आर्थिकस्तर भएका अधिकांश नेपालीहरू दुईपांग्रे सवारीसाधनमा निर्भर रहकाले यसको मर्मतसंभारलगायत आकस्मिक समय अनि डोहोयाएर बनाउने ठाउँसम्म लिएर जाँदा नाश हुने समय तथा मेहनत यस एप्सले बचाउँछ । साथै गुणस्तरयुक्त मर्मत अनि पाटपुर्जा चाहियो भने थर्डह्वील निःशुल्क रूपमा उपलब्ध हुन्छ । थर्डविहिल नेपालको पहिलो अनलाइन डोर टु डोर मोटरसाइकल मरम्मत र मेन्टेनस सेवा हो ।

थर्डविहिल नेपालको मिसन सरल छ ः तपाईं बुक गर्नुस् हामी सेवा दिन्छौँ । सामान्य रूपमा यस एप्समा आफ्नो जानकारी अनि सवारीसाधनको विवरणहरू दर्ता गराएपछि चाहिएको समयमा थर्डव्हीलले केवल एक बटन र क्लीकमा काम गर्छ । त्यसपछि सर्भिस वा अन्य केही बाइकको मर्मत चाहिएमा कार्यालयबाटै बाइकलाई मर्मतका लागि पठाउन पनि सकिने कम्पनीले जनाएको छ । सुरुमा केवल केही हजारौं लगानी र कर्मचारीहरुको केही संख्याको साथ सुरू गरेको कम्पनीले किककिकी, करछाकिताब जस्ता मोबाइल एप पनि विकास गरेको छ ।

Thirdwheelnepal, SMS Code – ICT P4 and Send to 33001

\"\"

उद्यमी नेपाल
विकास उद्यमीले राष्ट्रिय युवा परिषदसँग सहकार्य गरी ल्याएको उद्यमी नेपाल नामक वेब पोर्टल उत्कृष्ट ५ प्रडक्टभित्र अटाएको छ । यो पोर्टलमा व्यवसायका हरेक चरणमा व्यवस्थापन र विकास गर्न सघाउने, दक्ष जनशक्तिलाई रोजगारीको अवसरहरूसँग जोड्ने, विभिन्न घरेलु सेवाहरू व्यक्तिको घरदैलोसम्म पुर्याउने र व्यवसायसम्बन्धी विभिन्न डाइरेक्ट्रीहरू छ । \"\"

पोर्टलले व्यवसाय सुरु गर्न, बढाउन तथा व्यवस्थापन गर्न चाहिने सबै जानकारीहरू उपलब्ध गराएर युवाहरूलाई उद्यमी हुनको लागि प्रेरित गर्छ । यसले पोर्टल तथा सामाजिक सञ्जालको माध्यमबाट नेपाली माटो र अवस्था सुहाउँदो गुणस्तरिय लेखहरूमार्फत सूचनाहरू उपलब्ध गराउँछ । ती लेखहरूले व्यवसायको योजना कसरी बनाउने, त्यसको दर्ता लगायतको प्रक्रिया के हुन्छ, नियम तथा कार्य्विधिहरू के छन्, व्यवस्थापन तथा वित्तीय योजना किन जरुरत पर्छ भन्ने जस्ता जानकारी दिन्छन् ।

साथसाथै यो पोर्टलले प्राविधिक ज्ञान भएर पनि वेरोजगार तथा अर्ध बेरोजगार रहेका इलेक्ट्रिसियन, प्लम्बर, गार्डनेर जस्ता धेरै प्राविधिकहरूलाई सेवाग्राही सम्म पुर्यारएर रोजगारीको अवसरहरू पनि प्रदान गर्ने प्रयास गरेको छ । त्यसको लागि विकास उद्यमीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र राष्ट्रिय तालिम परीक्षण बोर्डसँग समझदारीपत्रमा हस्ताक्षर पनि गरेको छ । ६ वर्षभित्र हरेक व्यवसायीका व्यवसायसम्बन्धी जानकारी दिने योजना कम्पनीको छ ।

Udhyami Nepal, SMS Code – ICT P5 and Send to 33001