युट्युबले सर्टस निर्मातालाई १०० मिलियन डलरको कोषबाट पैसा दिन सुरु गरेको छ । यसले गर्दा एपमा सक्रिय दर्शकहरु आउने कम्पनीले विश्वास गरेको छ । सर्ट्स हालैमात्रै बेटा भर्सनबाट निस्किएर सय भन्दा बढि देशहरुमा उपलब्ध भईसकेको छ ।
युट्युबले यो क्षेत्रमा एकदमै सक्रिय रुपले काम गरिरहेको बताएको छ । सर्ट्स बनाउने हरकोहीले यो योजनामा सहभागी हुन पाउँछन् । यो योजनालाई सफल बनाउनका निम्ति युट्युबले आफ्नो कम्युनिटीसँग पनि सुझाव लिनेछ । यसमा क्रियटरहरुले १०० डलर देखि १० हजार डलर सम्म कमाउन पाउनेछन् ।
सर्ट्स बनाउँदा कम्युनिटी गाईडलाइन मानेको र सक्कली कन्टेन्ट भएको हुनुपर्छ । यसमा कति भ्यू आयो भन्ने कुराले पनि महत्व राख्ने गर्दछ । सर्ट्सले दैनिक रुपमा ६.५ बिलियन भ्यु जम्मा गर्न सकिरहेको छ । यसमा ६० सेकेण्ड सम्मको भिडियो क्लिप रेकर्ड गर्न सकिन्छ । सर्टसले स्वत्त रपमा क्यापसन आउने फिचरमा पनि काम गरिरहेको छ ।