कीवर्डहरू -

स्मार्टफोन बजारमा एप्पललाई पछि पार्दै हुवाईले हासिल गर्यो दोस्रो स्थान

स्मार्टफोन बजारमा एप्पललाई पछि पार्दै हुवाईले हासिल गर्यो  दोस्रो स्थान

विश्वव्यापी स्मार्टफोनको बजारमा हुवाईले दोस्रो स्थान लिएको छ । एप्पललाइ पछि पार्दै सामसुङ पछि हुवावे दोश्रो स्थानमा उक्लिएको हो । आइडीसी , एसए , क्यानलिस तथा काउन्टर पोइन्टले  हालै सार्वजनिक गरेको विश्वव्यापी चौमासिक बजार अनुगमन प्रतिवेदनमा हुवाई दोस्रो स्थानमा छ ।

उच्च स्तर , सर्वोत्कृष्ट प्रविधि तथा आकर्षक डिजाइनहरूका कारण हुवाईले विश्वव्यापी ग्राहकहरू माझ लोकप्रियता तथा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।

अनुसन्धान तथा विकासमा निरन्तर तथा व्यापक लगानी नै हुवाईको सफलताको कारण हो । हुवाईले वार्षिक रुपमा १० प्रतिशतभन्दा धेरै कमाई अनुसन्धान तथा विकासमा लगानी गर्दछ । प्राविधिक कम्पनीहरूमा अनुसन्धान तथा विकासमा हुने लगानीका आधारमा हुवाई सन् २०१७ मा ६औँ स्थानमा परेको थियो ।

सन् २०१७ को हुवाईको वार्षिक प्रतिवेदनका आधारमा अनुसन्धान तथा विकासमा हुवाईका ४५ प्रतिशत अर्थात् करिब ८० हजार कर्मचारीहरू संलग्न थिए ।

हुवाई कम्पनीले विश्वमा विभिन्न स्थानमा विज्ञताका लागि केन्द्रहरू खोलेको छ जस्तै कि मस्कोमा एलगरिदम केन्द्र , सान फ्रान्सिस तथा लण्डनमा यूएक्स डिजाइन केन्द्र , प्यारिसमा एस्थेटिक केन्द्र र जर्मनीमा फाइभ जीविकास केन्द्र रहेको छ । अनुसन्धान तथा विकासका लागि विश्वकै सबैभन्दा प्रतिभावान् व्यक्तिहरूलाई नियुक्त गरिन्छ ।

स्मार्टफोनमा सर्वोत्कृष्ट क्यामरा विकास गर्न हुवाईले सन् २०१६ देखि अप्टिकल तथा इमेज प्रविधिमा लाइकासँग सहकार्य गर्दै आएको छ ।

सन् २०१८ को पहिलो ६ महिनाको अवधिमा हुवाईको पी २० प्रो स्मार्टफोनमा जडित विश्वकै पहिलो ट्रिपल क्यामराले इमेज क्वालिटी सम्बन्धी विश्वकै सबैभन्दा भरपर्दो कम्पनी डीएक्स ओमार्कले  गरेको समीक्षामा सबैभन्दा धेरै अंकपाएको थियो । साथै हुवाईले म्याट सीरिज डिजाइन संस्करणका लागि लक्जरी ब्रान्ड पोर्ससँग साझेदारी गरेको जसले अल्ट्रा हाईइन्ड मार्केटमा राम्रो प्रतिक्रिया लिन सघाउने छ ।