कीवर्डहरू -

विश्वमा बिक्री हुने १० स्मार्टफोन मध्ये ७ वटा आईफोन

विश्वमा बिक्री हुने १० स्मार्टफोन मध्ये ७ वटा आईफोन

विश्वमा बिक्री हुने १० स्मार्टफोन मध्ये ७ वटा आईफोन रहेको एक अध्ययनमा देखिएको छ । काउन्टरपोइन्ट रिसर्चको रिपोर्ट अनुसार विश्वमा सबैभन्दा बढी बिक्री हुने १० स्मार्टफोनमध्ये ७ वटा स्मार्टफोन रहेको देखिएको हो । 

अन्य बाँकी ३ मा सामसङ रहेको छ । सन् २०२१ देखि एप्पल र सामसङका फोनहरू शीर्ष दश सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनहरूको सूचीमा छन् । अन्य कुनै पनि कम्पनीले यो स्थान ओगट्न सकेका छैनन् । 

सन् २०२३ मा सबैभन्दा धेरै बिक्री भएको स्मार्टफोन एप्पलको आईफोन १४ थियो । यसको आधा भन्दा बढी बिक्री अमेरिका र चीनबाट मात्र भएको थियो । यद्यपि, आइफोन १४ ले कुल आइफोन बिक्रीको १९ प्रतिशत योगदान गरेको छ । 

आईफोन १३ र आईफोन १४ मा धेरै भिन्नता नभएका कारण मानिसहरूले महँगो आईफोन प्रो मोडल किनेका थिए । त्यसकारण आइफोन १४ प्रो म्याक्स र आइफोन १४ प्रो दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

चौथो नम्बरमा आईफोन १३ छ, जुन सूचीमा सबैभन्दा पुरानो आईफोन मोडेल हो । त्यसपछिका तीन स्थान आइफोन १५ श्रृंखलाका फोनहरूले ओगटेका छन्, जसमा आइफोन १५ प्रो म्याक्स, आइफोन १५ प्रो र आइफोन १५  समावेश छन् । यी तीनवटै फोनहरू २०२३ को अन्तिम त्रैमासिकमा विश्वको सबैभन्दा धेरै बिक्रि हुने स्मार्टफोनको सूचीमा परेका थिए र विशेषगरी आइफोन १५ प्रो म्याक्ससबैभन्दा धेरै बिक्रि भएको थियो ।

यस बाहेक यो सूचीमा महँगो स्मार्टफोनको सट्टा सामसुङको सस्तो ए सिरिजका फोनले तीन स्थान बनाएको छ । सामसंग ग्यालेक्सी ए१४ फाइभजी अमेरिका र भारतमा राम्रो बिक्रीका कारण आठौं स्थानमा रहेको छ । यस सूचीमा केवल दुई एलटीई–स्मार्टफोन ग्यालेक्सी ए०४इ र ए १४ फोरजी रहेका छन् ।