कीवर्डहरू -

टेक्नोरीयोले सुरु गर्यो क्यासलेस सेवा

टेक्नोरीयोले सुरु गर्यो क्यासलेस सेवा

टेक्नोरीयोले आफ्नो पेमेन्टमा क्यास लेस सेवा सुरु गरेको छ । यहि श्रावण २० गते प्रेस विज्ञप्ति जारी गरी जानकारी गराइएको थियो । नेपाललाई क्यास लेस समाज बनाउनको निमित टेक्नोरीयोले यस्तो कदम चालेको बताईएको छ । आधुनिक युगमा टेक्नोलोजिबाट कोही टाढा नरहेको अवस्थामा अनलाइन पेमेन्टले बिजनेश, सेवा प्रदायक तथा सेवाग्राहीलाई सजिलो बनाएको छ ।


आज पनि हामी विभिन्न सेवाको प्रयोग गरे बापत नगदमा नै भुक्तानी गर्ने गरेका छौँ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको डेटा अनुसार आ.व. २०७३÷७४ सालमा विविध बैंकका कार्यहरुका लागी बैंक नोट छाप्दा ९४ करोड खर्च भएको थियो ।

यसलाई घटाउनको लागी नगदको प्रयोगमा भन्दा अनलाईन नगद भुक्तानीमा बढि ध्यान केन्दि«त हुनु पर्ने भनाई टेक्नोरीयोको थियो । त्यसैले टेक्नोरीयोले आफ्नो सेवाहरु लिए बापत नगदमा भुक्तानी नलिने निर्णय गरेको छ । यहि श्रावण २० गते देखि लागु हुने गरी आफ्नो सेवाको पेमेन्टमा क्यास लेस सेवा सुरु गरेको छ ।

टेक्नोरीयोले खल्ती, एनपेए र इ–सेवा जस्ता पेमेन्ट गेटअवे सँग साझेदारी गरी सकेको छ । त्यस्तै एन.आई.सी एसिया र प्रभु बैंक सँग पनि साझेदारी गरी सकेको छ । अन्य गेटअवे र बैंक सँग पनि साझेदारी गर्ने क्रममा रहेका छन् । यसमा सेवाग्राहीहरुले खल्तीको एकाउनट, एससिटी कार्ड, इ–बैंककिङ र मोबाइल बैंककिङ बाट पेमेन्ट गर्न सक्ने छन् । यसको वेबसाइटमा पनि गएर सेवाग्राहीले आफ्नो भिसा कार्डबाट पनि सेवाको पेमेन्ट गर्न सक्ने छन् ।

\"\"
टेक्नोरीयो नेपालको एक सफ्टवेयर र आई.टी कम्पनी हो । क्यास लेस बनाउने प्रयास एक जनाले गरेर मात्र हुदैँन । यसको लागी धेरै जनाको हातेमालो आवश्यक हुन्छ । त्यसैले टेक्नोरीयोले आफ्नो साझेदार कम्पनी÷संस्था, ग्राहक तथा सेवाग्राहीलाई क्यास लेस मा जानका लागी प्रोत्साहन गरी रहेको छ ।

यसको ग्राहक तथा सेवाग्राहीलाई अनलाइन÷क्यास लेस पेमेन्टमा प्रोत्साहन गर्न लिमिटेड अफरहरु राखेको छ । यसमा आवद्ध साझेदार गेटअवे र कार्डबाट अनलाइन पेमेन्ट गरे बापत १५% क्यास ब्याक र अन्य धेरै थुप्रै उपाहारहरु रहेका छन् । टेक्नोरीयोले आफ्नो स्थापना भएको समय देखि विभिन्न संस्था र व्यक्तिगतको आई.सि.टी आवश्यकता पुरा गर्दै आएको छ । यसले आई.टी विधार्थीहरुको तालिम तथा काम गर्ने वातावरण पनि प्रदान गर्दै आएको छ ।