कीवर्डहरू -

आइसिटी अवार्ड २०१८ को तयारी पुरा, नेटगियर शिर्ष प्रायोजक 

आइसिटी अवार्ड २०१८ को तयारी पुरा, नेटगियर शिर्ष प्रायोजक 

आइसिटी अवार्ड २०१८ को फाइनल शोको तयारी पुरा भएको छ । तेस्रो संस्करणको रुपमा लिभिङ विथ आइसिटीले आयोजना गरेको आइसिटी अवार्डमा सात विधामा अवार्ड प्रदान गरिनेछ । भदौ १ गते शुक्रवार र्याडिसन होटलमा आयोजना हुने कार्यक्रममा विभिन्न विधाबाट सर्वोत्कृष्ट हुनेहरुलाई विशेष सम्मान गरिनेछ ।


२०७५ असार १ देखि १८ दिनको लागि खुल्ला गरिएको अनलाइन नोमिनेशनमा १ सय २० को अनलाइन आवेदन प्राप्त भएको थियो । १० जना जुरी र थप ७ जना जुरी सल्लाहकारको समितीले उक्त आवेदनहरुबारे अध्ययन गर्दै विभिन्न चरणका छनौट प्रकृयाबाट उत्कृष्ट छान्ने काम अन्तिम चरणमा रहेको जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए । अवार्ड कार्यक्रममा  संचार तथा सूचना प्रबिधि मन्त्रि गोकुल प्रसाद बास्कोटा लगायत विभिन्न मन्त्रालयका सचिब र अन्य बिशिस्ट ५ सय ब्यप्तिहरुको उपस्थिति हुनेछ ।


यस वर्षको आइसिटी अवार्ड २०१८ को शिर्ष प्रायोजक नेटगियर रहेको छ । फाल्कन इन्टरनेशनलले बजारमा ल्याएको नेटगिर अमेरिकन, नेटकर्विङ तथा इन्टरनेटसँग सम्वन्धित प्रडक्ट हो । विश्वका अधिकांश देशमा सफल रहेको नेटगियरका प्रडक्टहरु विशेषगरी बैंक, अस्पताल, हाउजिङ तथा कर्पोरेट क्षेत्रमा उपयोगी रहेका छन ।


शिर्ष प्रयोजनमा सम्झौता गर्दै कम्पनीका प्रवन्ध निर्देशक दिपेश श्रिवास्तवले नेपाली बजारमा गुणस्तरिय प्रडक्टका रुपमा नेटगियर ल्याएको बताए । आइसिटी अवार्ड नेपालको सूचना प्रविधिको प्रवद्धन गर्ने ठुलो कार्यक्रम भएकोले पनि यसमा सहभागि हुन पाउदा उत्साहित रहेको श्रिवास्तवले बताए ।


आइसिटी अवार्ड विगत तिन वर्षदेखि सञ्चालन हुदै आएको नेपालको प्रविधि क्षेत्रको सबैभन्दा ठुलो अवार्ड कार्यक्रम हो । यस वर्षको कार्यक्रम न्युज २४ टेलिभिजन, हाम्रो पात्रोे एप्लिकेशन तथा फेसबुक र युट्युबमा समेत प्रत्यक्ष प्रशारण हुनेछ ।


नेटगियर आइसिटी अवार्ड २०१८ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, आइटी विभाग, सूचना प्रविधि केन्द«, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, युवा परिषद लगायतको सहकार्य रहेको छ । यसैगरी टेक्सास इन्टरनेशनल कलेज, एसिसिए ग्लोबल, सुबिसु, साइबरनेटिक्स, इन्फोडेभलपर्स, खुबिलिटी, समृद्धी स्कुल, लर्ड बुद्ध एजुकेशन फाउण्डसेन, पाटन कलेज अफ प्रोफेसनल स्टडिज लगायतको सहयोग रहेको छ । यसैगरी अवार्ड कार्यक्रममा कोगेन्ट हेल्थ, नेट प्रोटेक्टर टोटल सेक्युरिटी, खल्ती, अडियो टेक्निका र बुलगार्ड इन्टरनेट सेक्युरिटीले सहयोग गरेका छन ।

\"\"
कार्यक्रममा इन्सुरेन्स पार्टनरको रुपमा एसियन लाइफ इन्सुरेन्स, लोकल सर्च इन्जिनमा भेटिन्छ डटकम, इन्टरनेट पार्टनर वल्र्डलिंक, लाइभ पार्टनर न्युज २४ र न्युज एजेन्सी नेपाल, एप पार्टनरमा हाम्रो पात्रो, सोसियल मिडिया पार्टनर टेक्नोरियो र प्रिन्टिङ पार्टनर बिटी रहेका छन ।