कीवर्डहरू -

ग्रेसको बृहत अस्ट्रेलियन शैक्षिक मेला २०१८ आयोजना हुदै

ग्रेसको बृहत अस्ट्रेलियन शैक्षिक मेला २०१८ आयोजना हुदै


ग्रेस इन्टर नेशनल एकेडेमिले यही आउदो भाद्र १३, १४, १५ र १७ गते क्रमस बुटवल, चितवन, पोखरा र काठमान्डौमा बृहत अस्ट्रेलियन शैक्षिक मेलाको आयोजना गर्न लागेको छ ।


सो शैक्षिक मेलामा अस्ट्रेलियाका बिभिन्न २० भन्दा बढी विश्वबिद्यालय तथा कलेजहरुको उपस्थिती हुने भएको जानकारी गराइन्छ । बिगत मा आयोजना भएका शैक्षिक मेलाहरु भन्दा फरक बनाउन यस पटक प्रबिधिको प्रयोग गरी विद्यार्थीहरुलाई सहज र सरल तरिकाले शैक्षिक जानकारी दिने हाम्रो उद्देश्य रहेको छ ।
बिदेश अध्यायन गर्न जानु अघी बुझ्नै पर्ने अति आबस्यक जानकारिहरु प्रदान गरी बिदेश अध्ययनलाई सहज र सरल बनाउनु मेलाको उदेश्य रहेको ग्रेसका प्रवन्ध निर्देशक एन्ड्रयु पौडेलले बताए ।

\"\"

२००६ मा स्थापना भएको यस ग्रेस इन्टर नेसनल एकेडेमीले आफ्नो स्थापना काल देखी नै विद्यार्थीहरुलाई परामर्श दिदै आएको र नेपालबाट बिशेश गरी अध्यायनको शिल सिलामा अस्ट्रेलिया जानेहरुलाई अस्ट्रेलिया मै पनि सहयोग पुर्याउने उदेश्यले अस्ट्रेलियाको सिडनी, एडिलेट र मेल्बनमा पनि शाखा बिस्तार गरी सहयोग पुर्याउदै आएको छ ।


विद्यार्थीहरुको आबस्यकतालाई मध्य नजर गर्दै अस्ट्रेलियामा काम गर्दै पढ्न के कस्ता कठिनाइहरु छन जस्ता बिषयमा अन्तर्कृया, शैक्षिक क्षात्रबृति, मेला स्थल मै भर्ना, शैक्षिक ऋण, नेतृत्व बिकाश जस्ता आकर्षणको बिषय यस पटकको शैक्षिक मेलामा पाउने छन्।

यस बर्ष मात्रै ३५००० भन्दा बढी बिद्यार्थीहरुले उच्च शिक्षाको लागि अस्ट्रेलिया रोजेका छन्, अध्ययन पश्चात नेपाल फर्केर भबिष्यमा सामाजिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान को निम्ति उनीहरुको भूमिकाका बारेमा जानकारी दिनु यस मेलाको अर्को उदेश्य रहेको प्रबन्ध निर्देशक पौडेलको भनाई छ ।

\"\"