कीवर्डहरू -

‘सेन्चुरी बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बीच डिजिटल भुक्तानीका लागि सम्झौता

‘सेन्चुरी बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बीच डिजिटल भुक्तानीका लागि सम्झौता

‘सेन्चुरी कमर्सियल बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बीच मोबाईल भुक्तानीका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सेन्चुरी बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत दिपेश प्रधान र खल्तीका तर्फबाट निर्देशक अमित अग्रवालले बुधवार उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।  


यस सम्झौता अनुसार सेन्चुरी बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ सुबिधा प्रयोग गरी ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नुहुनेछ । उक्त सम्झौताको बारेमा बोल्दै ‘खल्ती डिजिटल वालेट’का निर्देशक अमित अग्रवालले भन्नुभयो, 
“हामी सेन्चुरी बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब सेन्चुरी बैंकका ग्राहकहरुले बैंकबाट पैसा झिकिराख्ने झन्झट गर्नुपर्दैन । उहाँहरुले सिधै ‘खल्ती’ मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्नुहुनेछ । नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यो पार्टनरशिपसँगै हामीलाई खल्ती नगदपैसा बिनाको नेपालको लागि एक पाइला अगाडी बढेको भान भएको छ ।”


सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो। खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरुको मोबाइल बाटै भुक्तानी गर्न सकिन्छ ।