कीवर्डहरू -

फेसबुकमा डेटिङ फिचर लन्च हुने

फेसबुकमा डेटिङ फिचर लन्च हुने


मे २०१८ को एफ ८ सम्मेलनमा फेसबुकको समूहले “फेसबुक डेटिङ” फिचर लन्च गर्ने घोषण गरेका थिए, हाल यसको परिक्षण जारी रहेको छ ।

यो सामान्य अन्य कुनै डेटिङ एपहरुको जस्तै हुन सक्छ तर यस फिचर विकासकर्ताहरु ले यसलाई अन्य डेटिङ एप भन्दा पनि रोचक रहेको बताएका छन् । फेसबुकको व्यत्तिगत गोपनियताको स्कयान्डल भई रहेको समयमा फेसबुकले यस्तो घोषण गरेको थियो । यस फिचरमा व्यत्तिगत गनेपनियता रहने फेसबुक टिमको भनाई रहेको छ ।


यसका व्यक्तिगत गोपनियताहरु
    तपाईको डेटिङ प्रोफाइल र कुराकानीहरु तपाईंको मुख्य फेसबुक प्रोफाईल बाट पूरै अलग रहनेछ ।
    तपाईको साथीहरुले तपाईको डेटिङ प्रोफाइल हेर्न पाउनु हुन्न त्यस्तै तपाईले आफ्नो साथीहरुको डेटिङ प्रोफाइल हेर्न पाउनु हुन्न ।
    यो फिचर वैकल्पीक भएकोले इच्छा नभएको फेसबुक प्रयोकर्तालाई यसले कुनै असर गर्दैन ।


के मेरो फेसबुक प्रोफाई नै डेटिङ प्रोफाइको रुपमा प्रयोग गर्न सकिन्छ <
कम्पनीको समूहहरुले यसलाई छुट्टै एप नबनाई यसलाई फेसबुकको माध्यबाट प्रयोग गर्न सकिने बनाउने बताएका छन् । यसले तपाईको छुट्टै डेटिङ प्रोफाइल बनाउन सकिन्छ ।


कसरी डेट म्याचप हुन्छ <
फेसबुकले तपाईको रुचि र आफ्नो डाटा अनुसार अन्य सिङगल मानिसहरुको सुझाव दिने गर्दछ । तपाईको डाटा जस्तै स्थान तथा तपाईले आँपूmलाई रुचि लागेको कार्यक्रमहरु खोलेर डेटका लागी भेटाउन सकिन्छ । यसबाट समान रुचि चएका व्यत्तिहरु भेटनु हुन्छ ।


यसमा मेसेजले कसरी काम गर्दछ <
यसमा मेसेन्जर र वाटस्एप प्रयोग हुदैँन । यसको लागी फेसबुक टिमले छुट्टै मेसेन्जीङ फिचर बनाउने बताएको छ । जब सम्म दुवैले उनिहरुको सम्बन्ध र कुराकानी बढाउन नचाहे सम्म यसमा भिडियो कल र भ्वायस कल हुदैँन ।


यो फिचर कहीले देखि सार्वजनिक हुनेछ <
एफ८ सम्मेलन स्पिकरका अनुसार यसको परिक्षण सम्मेलन भएको एक महिना पछि सुरु गरीने बताइएको छ ।


के यो फिचर निशुल्क हो <
सम्मेलनमा सहभागी भएका स्पिकरका अनुसार यसमा विज्ञापनहरु नदिने र यो फिचर निशुल्क बनाउने योजना रहेको छ ।
फेसबुकको संस्थापक मार्क जगबर्गका अनुसार, “ हामीले आशा गरेमा छौँ कि “फेसबुक डेटिङ” ले दिर्घकालीन सम्बन्ध बनाउन मदत गर्नेछ ।”
फेसबुक डेटिङ र हिन्ज डेटिङमा समानता रहेको कुरामा हिन्जका उत्पादन टिमको उपाध्यक्षले वार्ड म्यागजिनलाई इमेलमा यसो भनेका छन्,“ हामीहरुले फेसबुक डेटिङ र हिन्जमा समान्ता देखेपछि हामीले एक अर्कालाई बधाई दियौँ । दुनियाको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनी डेटिङ स्पेसमा आउनु र हामीबाट प्रेरणहरु लिनु भनेको हाम्रो लागि ठूलो गर्वको कुरा हो ।”