कीवर्डहरू -

\'सञ्जीवराज भण्डारी\' लाई वर्षको पायोनियर अवार्ड

\'सञ्जीवराज भण्डारी\' लाई वर्षको  पायोनियर अवार्ड

तीन दशकदेखि नेपालको सूचना प्रविधिको विकास र विस्तारमा अनवरत लागिरहेका मर्कन्टाइल कम्युनिकेशन \"\" का संस्थापक   सञ्जीव राजभण्डारीले आइसिटी पायोनियर अवार्ड प्राप्त गरेका छन् । भदौ १ गते भएको आइसिटी   अवार्डको तेस्रो संस्करणमा सन्जिब राजभण्डारीको तर्फबाट कम्पनिका प्रशाशनिक पप्रमुख मधु   अमात्यले अवार्ड ग्रहण गरेका थिए ।

राजभण्डारीले नेपालमा पहिलोपटक इन्टरनेट सेवा भित्र्याउने, बैंक तथा वित्तीय क्षेत्रका सफ्टवेयर   निमार्ण गर्नेदेखि सूचना प्रविधिका महŒवपूर्ण प्रडक्टहरुको बजारीकरण गर्न योगदान दिएका छन् ।   विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामार्फत यो क्ष्ँेत्रको उत्थानमा उनी सक्रिय रह“दै   आएका छन् ।

उहा“लाई धेरैले मर्कन्टायल अफिस सिस्टम तथा मर्कन्टायल कम्युनिकेसनका संस्थापकका रुपमा चिन्छन् । नेपालमा आइटीसम्बन्धी कुनै नीति नै नबन्दा उहा“ले मर्कन्टायलमार्फत नेपालमा इन्टरनेट सेवाका साथमा कम्प्युटर र यसका पार्ट्सहरु भिœयाउनुभयो । सन् २००० देखि बजारमा मर्कन्टायल ब्रँण्डका कम्प्युटर नै बिक्रीवितरण भएका थिए ।


सन् १९७५ मा सेन्ट जेभियर्सबाट ओ लेभल पूरा गर्नुभएको उहँ“ले बी कम अर्थात बिजनेश पढ्न युनिभर्सिटी अफ मुम्बईअन्तर्गतको आरए पोदार कलेज अफ कमर्स एन्ड इकोनोमिक्समा जानुभयो । त्यतिबेला भारतले सूचना प्रविधिमा केही प्रभाव पर्ने काम गर्न थालेको थियो ।

उच्चशिक्षा हासिल गरेर नेपाल फर्केपछि भण्डारी नेपालको सूचना प्रविधिमा जग हाल्ने काममा लाग्नुभयो । यसको सुरुवातस्वरुप सन् १९८५ मा मर्कन्टायल अफिस सिस्टम खोलेर कम्प्युटर र आइटीसम्बन्धी प्रँेडक्टको नेपालमा बिक्रीवितरण तथा सफ्टवेयर निर्माणको काम सुरु भएको थियो । मर्कन्टायलले सन् १९९३ मा देशमै पहिलो पटक इमेलसहितको इन्टरनेट सेवा भिœयाएको थियो । जुन बेला भारतमा समेत इमेल सेवा भित्रिएको थिएन ।

\"\"
एकैपटक टेक्निकल, बैंकिङ एवम् सफ्टवेयर सर्भिस दिने कम्पनीको श्रेय पनि मर्कन्टायललाई जान्छ । यस्ता दर्जनौ उत्कृष्ट कार्यहरुको सुरुवातले राजभण्डारीलाई नेपालको आइटी क्षेत्रमा सर्बमान्य व्यत्तिको दर्जा दिएको छ ।