कीवर्डहरू -

भाषा अनुवाद गर्ने डिभाईस \'इली–ह्यानड हेलड ट्रान्स्लेटर\'

भाषा अनुवाद गर्ने डिभाईस \'इली–ह्यानड हेलड ट्रान्स्लेटर\'

“इली–ह्यानड हेलड ट्रान्स्लेटर” जापानी कम्पनी लग्बार आइएनसि. ले यात्रीहरुको लागी लक्षित गरेर बनाईएको भाषा अनुवाद गर्ने डिभाईस हो । यसले अंगे्रजीबाट स्पेनीस, जापानी र चिनियाँ  भाषाहरु अनुवाद गर्दछ । यो हल्का र वाईफाई बिना पनि प्रयोग गर्न सकिन्छ । यो मात्र ४२ ग्रामको रहेको छ त्यसैले यसलाई बोकेर हिडँन सजिलो छ । यो सरल र प्रयोग गर्न सजिलो छ ।


यो एक तर्फी ट्रान्लेसन डिभाईस हो । यसले ०.२ सेकेन्डमा भाषा अनुवाद गर्दछ । कम्पनीले बताए अनुसार यसको ब्याट्री ३ देखि ५ दिन सम्म टिक्ने छ । ५० हजार भन्दा बढि यात्रुहरुले यसलाई विश्वास गरेका छन् ।


यसको परीक्षण प्रयोगमा प्रयोगकर्ताको ८०% ले यसको एक तर्फी ट्रान्लेसनलाई बढि रुचाईको थियो । दुई तर्फी ट्रान्लेसन अलिकति झन्झटिलो भएको प्रयोगकार्ताको भनाई थियो । यसको मुल्य २०० अमेरीकी डलर रहेको छ ।
यस कम्पनीको (सिइओ) मुख्य कार्यकारी अधिकारीका टाकुरो योसीडाका अनुसार यसमा पछि अन्य भाषा पनि थप्ने योजना रहेको छ । \"\"