कीवर्डहरू -

सारथीलाई जुरी स्पेसल मेन्सन अवार्ड

सारथीलाई जुरी स्पेसल मेन्सन अवार्ड

लिभिङ विथ आइसिटीको आयोजनामा तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’ सम्पन्न भएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित शुक्रबार राजधानीमा भएको एक समारोहमा विभिन्न ७ विधामा आइसिटी अवार्ड प्रदान गरियो । विभिन्न विधामा सर्वोत्कृष्ट भएका विजयीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासहित विशिष्ट अतिथिहरुले सम्मान गरेका थिए ।


अनलाइनबाट ट्याक्सी सेवा प्रदान गर्दै आइरहेको सारथी प्रालीले जुरी स्पेसल मेन्सन अवार्ड जित्न सफल भएको छ । आइसिटी स्टार्टअप र प्रडक्ट दुवै विधामा उत्कष्ट ५ मा पर्न सफल सारथी उपभोक्तालाई प्रविधिसँग जोडेर सहज तरिकाले ट्याक्सी सेवा उपलब्ध गराउँदै आएको छ ।

ट्याक्सी चालकहरु मिटरमा जान मान्दैनन् र ग्राहकहरु धेरै पैसा तिर्न पनि मान्दैनन् । त्यसैले ग्राहक र चालकबिच बारगेनिङ चल्ने गर्दछ । पछिल्लो समय सारथीले नेपालमा सहज ढंगले अनलाइन तथा फोनबाट ट्याक्सीको सुविधा लिन सकिने व्यवस्था गरेको छ ।

अनलाइन तथा फोनबाट ट्याक्सी बुकिङसँगै अन्य सर्भिस दिइरहेको कम्पनी सारथी गत वर्ष चर्चामा रहेको स्टार्टअप कम्पनी हो । उपभोक्तालाई सहज ट्याक्सी सेवा उपलब्ध गराउने हेतुले कम्पनीले यसको एप्लिकेशन तथा अनलाइन सेवा उपलब्ध गराएको छ ।

\"\"

सारथीले आवत जावतको सुविधा, बुकिङ, लिजिङसँगै कार भाडामा उपलब्ध गराउने काम गर्छ । आगामी दिनमा सारथीले काठमाडौँ बाहिरका शहरहरुमा पनि आफ्नो सेवा विस्तार गर्ने तयारी गरिरहेको छ । ठुलै लगानीको आवश्यक्ता पर्ने यो व्यवसायको लागि सरकार, ट्याक्सी व्यवसायी र ट्राफिक प्रहरीको सहकार्य र सहयोग उत्तिकै आवश्यक छ । जावलाखेलमा कार्यालय रहेको सारथी प्रालिले १५ जनालाई रोजगारी दिएको छ ।