कीवर्डहरू -

ओपो एफनाइन सार्वजनिक,५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने

ओपो एफनाइन सार्वजनिक,५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने

 सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आफ्नो लोकप्रिय एफसिरिज अन्तर्गत नयाँउत्पादन, ओपो एफनाइन सार्वजनिक गरेको छ ।

मात्र ५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने, भोक फ्ल्याशचार्जिङ र उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइन सहित सार्वजनिकगरिएको नयाँएफनाइनमार्फत कम्पनीले ओपोको अत्याधुनिकप्रविधि र नवप्रबर्तनात्मकविशेषज्ञता प्रतिबिम्बित गरेको छ ।

सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीनभिन्न ग्राडियण्ट कलर कम्बिनेसनमाएफनाइनउपलब्धगरिने कम्पनीले जानकारी दिएको छ । तीमध्य सनराइज रेड र ट्वाइलाइट ब्ल्यू देशभरका अफलाइन स्टोर मार्फत भदौ १४ गतेदेखि विक्रिआरम्भर गरिने छ भने स्टारी पर्पलकालागिभने उपभोक्ताले केही समय थपकुर्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।

ओपो एफनाइन ४जीबी को मूल्य रु. ४१,५९० र ६जीबी को मूल्य रु. ४५,५९० निर्धारण गरिएको छ ।

उद्योगकै पहिलो ६.३ ईञ्च ‘वाटरड्रप स्क्रिन’ डिजाइन, ९०.८% स्क्रिन टू बडी रेसिया पृथक ग्राडियण्ट कलर र ३५०० एमएएच ब्याट्री सहितओपो एफनाइनले उत्कृष्ट सेल्फीफञ्शनका साथै अन्यप्राविधिकपक्षमा समेत उपभोक्तालाई उत्कृष्टअनुभवप्रदानगर्नेछ । 

‘उपभोक्ताका समस्याको उत्कृष्ट समाधानउपलब्ध गराउनु ओपोमाहाम्रालागिप्रमुखप्राथमिकताको विषयहो । मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टक टाइम उपलब्ध गराउने क्षमता सहितको भोक फ्ल्यास चार्जमार्फत ब्याट्री सम्बन्धिउपभोक्ताको चिन्तानिवारणमा हामी सफलहुनेमाहामीआशावादी छौँ ।’,सार्वजनिकनयाँफोनकाबारेमाबोल्दै ओपो नेपालकाप्रमुखकार्यकारी अधिकृत बबी ट्राओले भने, ‘साथै, प्राविधिकनवप्रबर्तन सहितआकर्षक डिजाइनमा उपलब्धगरिएको फोन मार्फत विगतमाझैँ उपभोक्ताको निरन्तर माया र सहयोग प्राप्तहुनेमाहामीविश्वस्त छौँ ।’


सार्वजनिक समारोहमाओपोका ब्राण्ड एम्ब्यासेडर दिपिका पाडुकोण र सिद्धार्थ मल्होत्राअभिनितनयाँ टीभीसी पनि सार्वजनिकगरिएको थियो । ‘५ मिनेट चार्ज, २ आवर टक’ शीर्षक दिइएको टीभीसीमा ओपो एफनाइनको भोक फ्ल्याशचार्जिङ क्षमतालाई विशेष प्राथमिकताका साथ प्रस्तुतगरिएको छ । 


भोक मार्फत तिब्र गतिको चार्ज
नेपालीप्रयोगकर्ताहरुकालागि ब्याट्रीको आयू एक प्रमुख समस्याका रुपमा रहेको छ । यही समस्यालाई दृष्टिगत गर्र्दै ओपो एफनाइनमाभोक फ्ल्यास चार्जको ब्यवास्थागरिएको छ । ओपोद्वारा विकसित, लो भोल्टेज चार्जिङ प्रविधिउपयोग गर्ने यस प्रविधिले साधारण ५भी÷१ए साधारण चार्जिङका तुलनामाचार गुणा तिब्र चार्जिङ गतिक्षमताप्रदान गर्छ । साथै हतार भएको अवस्थामामात्र ५ मिनेट चार्ज गरी  २ घण्टाको समयकालागिपर्याप्त टक टाइम प्राप्तगर्न सकिन्छ ।