कीवर्डहरू -

एनसिआइटीमा ४ बर्षे \'बिसिए\' आइटी शैक्षिक कार्यक्रम

एनसिआइटीमा ४ बर्षे \'बिसिए\' आइटी शैक्षिक कार्यक्रम

नेपालको आइटी शिक्षामा लामो समयदेखि योगदान दिदै आएको नेपाल कलेज अफ इन्फर्मेशन आइटी (एनसिआइटी)ले गतवर्षदेखि ब्याचलर अफ कम्प्युटर एप्लिकेशन (बिसिए) प्रोग्राम सञ्चालनमा ल्याएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिइ सञ्चालनमा आएको यो ८ सेमेस्टरको आइटी कार्यक्रम बिसिए बिजनेश र म्यानेजमेन्टमा आइटीको समायोजन गरिएको  उत्कृष्ट अन्डरग्रयाजुएट कोर्श हो ।

आजको बहुआयमिक प्रविधिको क्षेत्रमा दिनदिनै आइटी र कम्युनिकेशन सिस्टमका विज्ञ जनशक्तिहरुको माग बढिरहेको छ । कम्प्युटर साइन्सका सिद्धान्त प्रयोग गरी बिजनेश र टेक्नोलोजीसम्बन्धी समस्याको समाधान गर्ने यस्ता जनशक्तिको नेपालमै पनि उच्च माग बढेको छ ।

बिसिएको मूल उद्देश्य सैद्धान्तिक तथा प्रयोगात्मक दुवै पक्षबाट कम्प्युटर सिष्टम तथा एप्लिकेशनहरूमा काम गर्न सक्ने दक्ष जनशक्तिको उत्पादन गर्नु हो ।

करियर सम्भावना
बिसिए अध्ययन गर्ने विद्यार्थीका लागि उत्कृष्ट रोजगारीका सम्भावना छन् । आइटी क्षेत्रमा दिनदिनै नया नयाँ रोजगारी सिर्जना भइरहेका छन् । पछिल्लो ट्ेन्डलाई हेर्ने हो भने नेपाल र नेपालबाहिर सबैभन्दा धेरै वृद्धि हुदै आएको रोजगारी वा क्षेत्र नै आइटी बनेको छ ।  यो कोर्शले विद्यार्थीलाई स्वतन्त्रपुर्वक कम्प्युटर र आइटीसम्बन्धी कामहरु ह्यान्डल गर्न सहयोग गर्दछ । उनीहरुले आफ्नै भेन्चर सुरु गर्न पनि विभिन्न सम्भावना र अवसर।हरु छन् ।

बिसिए प्रोग्रामका विद्यार्थीहरुले आइटी अफिसर, प्रोगामर वा सफ्टवेयर डेभलपर, टेस्टर, वेब डेभलपर, सिस्टम डेभलपर, सिस्टम एनालिस्ट, सिस्टम एडमिनिस्टिेटर, डाटाबेस एडमिनिस्टेटर आदि कामहरु देशभित्र वा देशबाहिरबारे पर्याप्त अवसरहरु प्राप्त गर्न सक्छन् ।

वेब र इन्टरनेट प्रोगामिगं ः वेब प्रोग्रामरले हाइ इन्ड प्रोग्रामिगं टेक्नोलोजीको प्रयोग गरी इन्टरएक्टिभ वेबबेस्ड एप्लिकेशन निर्माण गर्न सघाउ पुर्याउदछ ।

सफ्टवेयर एप्लिकेशन ः शिक्षा, मेडिकल, यातायात जस्ता क्षेत्रहरुको अतिआवश्यक समस्याहरुको समाधान गर्न कम्प्युटिग टेक्नोलोजीको प्रयोग हुँदै आएको छ ।

हार्डवेयर एन्ड नेटवर्किग ः सुचना प्रविधिमा आधारित ब्यापार र संगठनमा कम्प्युटर नेटवर्क आर्किटेक्ट, सिस्टम इन्जिनियर, नेटवर्क स्पेसालिस्टको आवश्यकता पुरा गराउदछ ।

इन्फर्मेशन म्यानेजमेन्ट ः ब्यापार वा संगठनको इन्फमेशृन सिस्टम निर्माण एवं व्यवस्थापन गर्न सहयोग गर्दछ ।

सिस्टम इन्जिनियिरिगं ः सुचना प्रविधिमा आधारित संगठनहरुमा हार्डवेयर र सफ्टवेयर आवश्यकताहरुको अनुमान गर्न, योजना बनाउन, कार्यान्वयन  र व्यवस्थापन गरी राम्ररी सञ्चालन गर्न सिस्टम इन्जिनियरिहरुको माग बढिरहेको छ ।

सफ्टवेयर डेभलपमेन्ट ः सफेटवेयरसम्बन्धी कम्पनीहरु, एनजिओ, आइएनजिओ, निजी र सरकारी संगठनमा सफ्टवेयर इन्जिनियरको माग बढ्दो छ ।

मोबाइल एप्लिकेशन डेभलपमेन्ट ः सुविधायुक्त, परिस्कृत र उत्कृष्ट मोबाइलमा आधारित एप्लिकेशन गर्न यो कोर्शले सहयोग पुर्याउदछ ।

बिसिए ग्रयाजुएटहरु मास्टर डिग्रीमा व्यवस्थापन र आइटी कोर्शहरु गर्न सक्दछन् । मास्टर अफ कम्प्युटर एप्लिकेशन (एमसिएस), मास्टर अफ इन्फर्मेशन टेक्नोलोजी (एमआइटी), मास्टर अफ कम्प्युटर इन्फर्मेशन सिस्टम (एमसिआइएस), मास्टर इन इन्फर्मेशन सिस्टम (एमआइएस), मास्टर इन बिजनेश एडमिनिस्टेशन (एमबिए) जस्ता कार्यक्रम अध्ययन गर्न सक्छन् ।

योग्यता
यो कार्यक्रम पढ्न इच्छुक विद्यार्थीले पोखरा विश्वविद्यालयले मान्यता प्रदान गरेको बोर्ड वा युनिभर्सिटीबाट उच्च मावि वा सो बराबरको योग्यतामा कुनै पनि संकायबाट कम्प्युटर साइन्स वा म्याथमेटिक्समा (१०० मार्क) र कम्तिमा दोस्रो डिभिजन ल्याएको हु्नुपर्ने छ ।


बिसिए किन ?

  • बिजनेश र म्यानेजमेन्टसँग आइटीको मिश्रण
  • इन्टर्नसिप र प्रोजेक्टको अनिवार्य प्रणाली
  • ठुलो संख्यामा इलेक्टिभ (वैकल्पिक) कोर्शहरु
  • सेमेस्टर सिस्टम कोर्श
  • अन्तराष्टिय रुपमा मान्यता बराबरको मुल्याकंन प्रणाली
  • आन्टरप्रनरसिप र बिजनेश डेभलपमेन्टका लागि उत्कृष्ट कोर्श
  • कम्प्यु्टर एप्लिकेशन डेभलपमेन्टको आधु्निक प्रविधिमा जोड

आइटी पढ्न चाहनेको लाथि थप अवसर सृजना गर्छ
निरन्जन खकुरेल, प्रिन्सिपल, एनसिआइटी


यो कोर्श कम्प्युटर ल्याङ्ग्वेजको अध्ययन गरेर सफ्टवेयरको क्षेत्रमा काम गर्न चाहने विद्यार्थीलाई लक्षित गरेर तयार पारिएको हो । कोर्शले विद्यार्थीलाई कम्प्युटर सिस्टम, इन्फर्मेशन सिस्टम र कम्प्युटिगं एप्लिमेशनमा आवद्ध गराउदछ ।

कम्प्युटर एप्लिकेशन र म्यानेजमेन्टसम्बन्धी महत्वपुर्ण क्षेत्रको अवधारण र ज्ञान प्रदान गर्ने
यो कोर्शले भिजुअल प्रोगामिगद्धारा प्रभावकारी हुमन कम्प्युटर इन्टरएक्सन डिजाइन गर्न मल्टिमिडिया, मोबाइल नेटवर्क र वेब बेस्ड सिस्टममा आधारित भई एप्लिकेशन डेभलप गराउन महत्वपुर्ण सहयोग गराउदछ ।

साथै उद्योगको आवश्यकता पुरा गर्न सिस्टम र नेटवर्कको इन्टिग्रेसन, डेभलपमेन्ट र टेस्टिगं गर्दै कम्प्युटर सिस्टम र एप्किलेशनको प्रयोगबाट सम्बन्धित समस्या समाधान गर्न पहल गर्दछ ।