कीवर्डहरू -

इसेवा पसलको औपचारिक कारोबार सुरू, नबिल बैंकको कार्डमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत क्यासब्याक

इसेवा पसलको औपचारिक कारोबार सुरू, नबिल बैंकको कार्डमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत क्यासब्याक

राजधानीमा एक कार्यक्रमको आयोजना गरि इसेवा पसलको औपचारिक रूपमा कारोबार सुरूवात गरिएको छ। भाटभटेनी अनलाइन डटकम लाई इसेवापसलडटकम का रुपमा रि–ब्राण्डिङ गरी एफवान सफ्ट ईन्टरनेशनल प्रा. लि. ले सुरु गरेको हो ।

कार्यक्रममा इसेवा पसल डटकमका सिइओ मनिस श्रेष्ठले अनलाइन सपिङको क्षेत्रमा इसेवा पसल एक महत्वपूर्ण कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अबको भविष्य भनेकै अनलाइन सपिङको हो । हामी ग्राहकलाई सर्व शुलभ मूल्यमा उच्च्तम सेवा प्रदान गर्नेछौं ।’

\"\"

कम्पनीले इसेवा पसलको औपचारिक उद्घाटन गरेको अवसरमा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दे विभिन्न किसिमका छुट योजना सार्बजनिक गरेको छ । छुट योजनाअनुसार ग्राहकहरूले इसेवा पसलमा सामान किन्दा इसेवा मार्फत रकम भुक्तानी गर्दा ५ प्रतिशत सम्म क्यास ब्याक पाउन सकिनेछ ।

यस्तै नबिल बैंकको भिसा कार्डमार्फत् अनलाइन रकम भुक्तानी गर्दा २५ प्रतिशत र कार्ड अन डेलिभरी गर्दा १० प्रतिशत क्यासब्याक पाइने छ ।

कम्पनीले किस्तावन्दीमा सामान किन्न सकिने सुविधाका साथसाथै दशै लाई मध्य नजर गरेर सामान किन्दा लक्की ड्र मार्फत आफ्ना ग्राहक लाई भिभिन्न किसिम का ग्राहक उपहार योजना ल्याउदैछ । इसेवा पसलले सामान अर्डर गरेको २४ घण्टा भित्र निशुल्क सामान डेलिभरी गर्ने समेत जनाएको छ ।

इसेवा पसलमा इसेवा लगायत नेपालका अधिकांश बैंकका मोबाईल बैंकिङ, ईबैंकिङ र कार्डमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सन् २००४ बाट सञ्चालनमा आएको एफ वान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा विक्रीवितरण गर्दै आएको छ ।