कीवर्डहरू -

अब हाम्रो पात्रो एपबाटै \'द भ्वाइस अफ नेपाल\' हेर्न सकिने

अब हाम्रो पात्रो एपबाटै \'द भ्वाइस अफ नेपाल\' हेर्न सकिने

कान्तिपुर टेलिभिजनबाट हरेक शनिबार र सोमबार प्रसारण हुँदै आएको गायन रियालिटी सो 'द भ्वाइस अफ नेपाल' अब हाम्रो पात्रो एपबाट पनि हेर्न सकिने भएको छ ।

नेपालको सबैभन्दा धेरै डाउनलोड भएको हाम्रो पात्रो एप र सो रियालिटी सोबीच सहकार्यका लागि सम्झौता भएको छ । यस अन्तर्गत हाम्रो पात्रो अब द भ्वाइस अफ नेपालको आधिकारीक डिजिटल मिडिया पार्टनरको रुपमा हाम्रो पात्रो प्रयोगकर्ता तथा द भ्वाइस अफ नेपालको दर्शक श्रोतासम्म पुग्न यो सिजनको हरेक एक्लुसिभ सामाग्री, अडियो सामाग्री, ताजा गतिविधिका हरेक अपडेटहरु तथा प्रत्यक्ष प्रसारण समेत हेर्न सकिने सकिने एएनसी इभेन्ट म्यानेजमेन्टका प्रल्हाद सिंह महतले बताए ।

त्यस्तै निरन्तर विश्वस्तरका मिडिया सामाग्रीहरु लाखौं प्रयोगकर्तासम्म जोड्दै लैजानु हाम्रो पात्रोको मूल उद्देश्य रहेको बताउँदै हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष देवकोटाले द भ्वाइस अफ नेपालको ठूलो सङ्गीत यात्रामा सङ्गीतकर्ममा विश्वास राख्ने, आस्था राख्नेहरुका लागि सहयात्री बन्न पाउँदा खुशी लागेको बताए ।

यस अघि नै 'हाम्रो पात्रो'को हाम्रो अडियोमा अहिलेसम्म  ब्लाइन्ड अडिसनमार्फत् प्रस्तुत भइसकेका प्रतियोगीहरुका अडियो सङ्गीतहरु सार्वजनिक भर्इसकेको छ ।