कीवर्डहरू -

द ब्रिटिस कलेजका २२५ जना विद्यार्थी दीक्षित गरी सम्पन्न भयो \'दीक्षान्त समारोह\' 

द ब्रिटिस कलेजका २२५ जना विद्यार्थी दीक्षित गरी सम्पन्न भयो \'दीक्षान्त समारोह\' 

द ब्रिटिस कलेजले आयोजना गरेको चौथो दीक्षान्त समारोहमा २२५ जना विद्यार्थीहरु दीक्षित भएका छन् । बौद्धस्थित रहेको हायत रिजेन्सीमा दीक्षात कार्यक्रममा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

दीक्षित हुनेमा ६० जना बिबिए (हन्स) बिजनेस एण्ड म्यानेजमेन्ट, ३० जना एमएस्सी इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड, ब्रिस्टल), १२३ जना बिएस्सी (हन्स) कम्प्युटिङका विद्यार्थी, १२ जना एमबिए (एक्जीक्युटिभ) (लिड्स बेक्केट युनिभर्सिटी) विद्यार्थीहरु रहेका थिए ।

यो हालसम्मकै सबैभन्दा धेरै विद्यार्थीहरु दीक्षित भएको वर्ष रहेको र यसले कलेजको सफलताको पक्षलाई दर्साएको हो ।

यस दीक्षान्त कार्यक्रममा दीक्षित हुने विद्यार्थीहरु, एकेडेमिसियनहरु, विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि माइकल रटल्याण्ड ओबिइ (भुटानका लागि ब्रिटिस अनरी काउन्सेल तथा द ब्रिटिस कलेजका सल्लाहाकार), द ब्रिटिस कलेजका सिइओ तथा संस्थापक राजन कडँेल, पाउल क्लिभेस (इटोन कलेजका पुर्व भुगोल प्रमुख तथा द ब्रिटिस कलेजका सल्लाहाकार), डाक्टर चिरन थापा (मान्यताप्राप्त शिक्षाविद् तथा द ब्रिटिस कलेजका सल्लाहाकार), एच. ही रिचार्ड मोरिस ( नेपालका लागि बेलायती राजदूत), राजेन्द्र खेतान (खेतान ग्रुपका कार्यकारी निर्देशक), केशव अधिकारी ( शिक्षा मन्त्रालय), अनुबन्ध प्राप्त विश्वविद्यालयका प्रतिनिधिहरु डोना वाइटहेड (प्रो भाइस चान्सलर र कार्यकारी डिन, ब्रिस्टल बिजनेस स्कुल एण्ड ब्रिस्टल ल स्कुल, युडब्लुइ), लेस्ली अर्ली (प्रिन्सिपल अफ लिड्स बेक्केट) को उपस्थिति रहेको थियो ।

\"\"

कार्यक्रम सुरुवातमा ‘द ब्रिटिस कलेज’का  प्रिन्सिपल डा. जोन व्याटम्यानले सम्बोधन गरेका थिए । ‘द ब्रिटिस कलेज’का सिइओ तथा संस्थापक राजन कडेँलले कलेजको नयाँ योजना तथा दुवई र लण्डनमा गरिएको विस्तारबारे प्रष्ट पारेका थिए । उनले अन्तराष्ट्रिय डिग्रीको महत्वबारे चर्चा गर्दै ‘अण्डरग्रयाजुएट’ विद्यार्थीहरुलाई स्नाकोत्तर लेभलको अध्ययन गर्न प्रोत्साहन गरेका थिए । उनले दीक्षित भएका विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना दिएका थिए ।

त्यस्तै नेपालका लागि राजदुत रिचार्ड मोरिसले २०२ वर्ष पुरानो नेपाल–ब्रिटेन सम्बन्धबारे चर्चा गरेका थिए । उनले अन्तराष्ट्रिय शिक्षाको महत्व दर्शाउँदै गरिबी निवारणमा आफ्नो शिक्षाको सही तवरले उपयोग गर्न बताए । उनले ‘ब्रिटिस कलेज’ले प्रदान गर्दै आइरहेको गुणस्तीय शिक्षाको तारिफ गरे ।

नेपाल ब्रिटेन च्याम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले दीक्षित विद्यार्थीहरुलाई धन्यवाद दिए । उनले विद्यार्थीहरुले कर्पोरेट बजारमा भोग्नु पर्ने चुनौतीहरुबारे चर्चा गरेका थिए ।

द एमस्सी इन्टरनेशन बिजनेश म्यानेजमेन्ट एण्ड बिबिए (हन्स) बिजनेस एण्ड का विद्यार्थीलाइ प्रोफेसर डोना वाइटहेड (भाइस चान्सलर एण्ड एक्जीक्युटिभ डिन डोना, ब्रिस्टल बिजनेस स्कुल एण्ड ब्रिस्टल ल स्कुल युडब्लुइ) ले सम्बोधन गरी विद्यार्थीलाई दीक्षित गरेकी थिइन । त्यस्तै एमबिए (एक्जीक्युटिभ) र बिएएस्सी (हन्स) कम्प्युटिङ) लाई लिस्ले अर्ली (प्रिन्सिपल लेक्चरर अफ लिड्स बेक्केट) ले सम्बोधन गरी विद्यार्थीलाई दीक्षित गरेकी थिइन ।

बिएएस्सी (हन्स) तर्फबाट दीक्षित भएकी जोसुवा शाक्यले द ब्रिटिस कलेजले दिएको अवसर र अनुभवलाई धन्यावाद दिइन् ।

\"\"

प्रमुख अतिथी रुटल्याण्डले ‘परिवर्तन’ शब्दको वर्णन गरेका थिए । उनले भौतिक परिवर्तन भन्दा पनि दिमाग र हृदयमा हुने परिवर्तनलाई बुझन् आवश्यक रहेको बताएका थिए । उनले दीक्षित भएका विद्यार्थीहरु योद्धा र उनीहरुका परिवारहरु ‘हिरो’ भएको बताए । उनले ब्रिटिस कलेजलाई यो स्थानमा पुर्याउन सफल भएको भन्दै राजन कडेँललाई बधाइ समेत दिए ।

कार्यक्रमको अन्तमा द ब्रिटिस कलेजी परिवारले दीक्षित भएका विद्यार्थीहरुलाई बधाइ दिदै सफल भविष्यको कामना गरेको थियो ।