कीवर्डहरू -

आइसिटी फर स्मार्ट कम्प्युटिङ थिममा \'नेस्कोआइटी २०१८\' आयोजना हुदै 

आइसिटी फर स्मार्ट कम्प्युटिङ थिममा \'नेस्कोआइटी २०१८\' आयोजना हुदै 

आइटी विद्यार्थीहरुमाझ लोकप्रिय इभेन्ट नेस्को आइटीको नवौं संस्करण आगामी अक्टोबर २७ मा हुदै छ । सन २००३ देखि एनसिआइटीले NaSCoIT (National Students conference On Information Technology) को आयोजना गर्दै आएको छ । अन्तर्रा्ष्ट्रियस्तरको यो संस्करणको कन्फरेन्सको थिम 'आइसिटी फर स्मार्ट कम्प्युटिङ’ रहेको छ । यो चौथो अन्तराष्ट्रिय कन्फ्रेन्स हो ।


आयोजकले अहिले पेपेरको लागि अनलाइन आवेदन मागेको छ । सेक्टेम्बर ५ सम्म ड्राफ्ट पठाउन सकिने छ भने २९ सेक्टेम्बरमा एसेप्टेन्सको नोटिस प्राप्त हुने छ । यसैगरी सहभागीको लागि अक्टुबर २३ मा अनलाइन रजिस्ट्रेसन गर्न सकिन्छ । स्मार्ट कम्प्युटिङ मा आधारित विभिन्न प्रिजेन्टेशनहरु रहनेछन यसको लागि केहि अन्तराष्ट्रिय स्तरबाट स्पिकरहरु नेपाल आउनेछन । नेपालमा उत्कृष्ट छानिएका पेपरहरु उक्त कन्फ्रेन्समा प्रस्तुत हुनेछन ।

\"\"
मोबाइल कम्युटिगं, स्मार्ट कम्युटिगं, क्लाउड कम्प्युटिगं, ग्रिन कम्प्युटिगं, बिग डाटा, अप्टिकल कम्युनिकेशन्स एण्ड नेटवर्किगं, नेटवर्क म्यानेजमेन्ट एण्ड सर्भिस, इन्डस्ट्रियल रोबोटिक्स, आइीसटी फर डिजास्टर म्यानेजमेन्ट लगायतका विषयमा विभिन्न शोधकर्ताले रिसर्चपेपर प्रस्तुत गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ ।

आइटी विद्यार्थी, सरोकारवाला र रिसर्चमा काम गर्ने व्यत्तिहरुको लागि यो महत्वपुर्ण प्लाटफर्म भएको एनसिआइटीका प्रिन्सिपल निरञ्जन खकुरेलले बताए ।


स्थापनाकाल देखि नै देशमा दक्ष जनशक्ती उत्पादन गर्दै आएको नेपालको प्रमुख ईन्जिनियरिङ कलेज नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीले सूचना प्रविधिको विकासको लागि तथा विद्यार्थीहरुमा विभिन्न अतिरिक्त क्रियाकलापमा जोड दिदै आएको छ । कलेजले कहिले रोबोटिक्स क्लबको नाममा, कहिले सफ्टवेयर स्वतन्त्रताको नाममा, कहिले एसियास्तरीय आइटी कन्फरेन्सको नाममा विद्यार्थीमाझ नयाँ नयाँ अवसरहरु प्रदान गर्दै आएको छ ।

अहिलेसम्म यो कार्यक्रममा सहभागी भएकामध्ये विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय जनर्ल तथा पुस्तकमा १२० बढि पेपरहरु प्रकाशन भइसकेका छन ।


उच्च गुणस्तरको आइटी शिक्षा प्रदान गर्ने तथा बर्तमान विश्वको आवस्यकता पुरा गर्ने उदेश्यले सन २००१ मा स्थापना भएको नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीमा स्नातक तहमा आइटी ईन्जिनियरिङ, सफ्टवर ईन्जिनियरिङ, इलेक्टोनिक्स तथा कम्युनिकेसन ईन्जिनियरिङ र कम्प्युटर ईन्जिनियरिङ अध्यापन गराइन्छ भने स्नात्कोतरमा कम्प्युटर ईन्जिनियरिङ, कम्प्युटर साईन्स र इन्फर्मेसन सिस्टम, बिसिए लगायतको आध्यापन गराइन्छ । यो नेपालको अग्रणी आइटी कलेजमा पर्दछ ।


\"\"