कीवर्डहरू -

दुरसंचार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाइ नै पुन नियुक्ति

दुरसंचार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाइ नै पुन नियुक्ति


दिगम्बर झाले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुन नियुक्ति पाएका छन् ।  आइतबार उनले सूचना तथा सञ्चार प्रबिधिमन्त्री गोकुल बास्कोटासँग पद तथा गोपनीयताको सपथ लिदै पुन जिम्मेबारी सम्हालेका हुन् । गत बिहीबार मन्त्रिपरिषदको बैठकले फेरि झालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय लिएको थियो ।


झाले अबको ५ वर्ष प्राधिकरणमा अध्यक्षको भूमिका निभाउनेछन् । यसअघि  झालाइ अघिल्लो सरकारको नियुक्तिलाइ बदर गर्दै सरकारले जिम्मेबारीबाट हटाएको थियो । तर फेरी उनैलाई नियुक्ति गर्दा सरकार आलोचित बनेको छ ।


झा बारम्बार बिबादमा औएँ गरेका छन् । एक अध्ययन समिति बनाएर प्राधिकरणको काम कारवाहीबारे प्रतिवेदन बनाइएको थियो । अध्ययनले प्राधिकरणमा चरम विकृति मौलाएको निश्कर्ष निकाल्दै प्रतिवेदन दिएपछि असारमा उनलाई पदबाट बर्खास्त गरिएको थियो ।


बर्खास्त भएपछि थमौतिका लागि सर्बोच्च अदालत पुगेका झाले नाटकीय ढंगले मुद्दा नै फिर्ता लिए । त्यसपछि उनलाई पुनः सीधै अध्यक्ष बनाउने प्रस्ताव मन्त्रिपरिषदुमा पुग्यो रा झालाइ नै गत बिहीबार मन्त्रिपरिषदबाटै ५ वर्षे नियुक्ति प्रदान गर्यो ।

\"\"
२०६९ मंसिरमा उनले पहिलोपटक प्राधिकरणको नेतृत्व सम्हालेका थिए । शेरबहादुर देउबा नेतृत्वको सरकारले गतबर्ष झालाई ६५ वर्षसम्मको उमेर हद तोकेर अध्यक्षमा फेरि नियुक्ति दिएको थियो ।