कीवर्डहरू -

नाडा अटो शो २०१८ मा टोयोटाको स्पेसल अफर 

नाडा अटो शो २०१८ मा टोयोटाको स्पेसल अफर 

नेपालको लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट (यु टि एस) ले यहि भाद्र २६ देखि ३१ गतेसम्म भइरहेको नाडा अटो शो २०१८ मा स्पेसल अफरको घोसणा गरेको छ। अन्तरास्ट्रिय अटोमोबायल ब्राण्डहरुका लागि र अटोमोबायलमा सौख राख्ने हरुको लागि नाडा अटो शो उत्कृस्ट अवशर हो।

यस अफर अन्तर्गत नाडा अटो शो अवधिभरि टोयोटाको हरेक बुकिड्ढमा ५ जोडीको लागि ५ दिन, ४ रातको बालि टुर, ४ जोडीको लागि ४ दिन ३ रातको पोखरा टुर र २ जोडीको लागि माउण्टेन फ्लाइट जित्ने अवश प्राप्त गर्न सक्नेछन यसको अलावा टोयोटाले आकर्षक नगद छुटको व्यवस्था पनि गरेको छ।

भर्खर मात्र सार्वजनिक गरियको एस यु भी “रस“ नाडा अटो शो को प्रमुख आकर्षण रहने कुरा कम्पनीले जनायको छ। डुवल भी भी टि ( आइ सुपर इन्जिन भयको उक्त “रस“ मा ६ एस आर एस एयर ब्याग रहेका छन् जसबाट रसलाई कम्पनीले सुरक्षाको दृष्ट्रीकोणले सर्वोउत्कृस्ट दाबि गरेको छ।

७ सिटर “रस“ २८० एम एम रक बटम ग्राउण्ड क्लियरेन्स, १७ इन्च व्हील बेस जस्ता बिशÈेताले सुसज्जित रहेको छ। अत्याधुनिक प्रविधिले भरपुर बेस्ट इन क्लास एस यु भी “रस“ मा भी एस सी (भेहिकल स्टेबिलिटि कन्ट्रोल), टि आर सी (ट्र्याक्सन कन्ट्रोल सिस्टम), अटो कन्ट्रोल हुने फ्रन्ट फग एल इ डि हेड ल्याम्प, स्मार्ट इन्ट्री सिस्टम, इ एस एस (इमरजेन्सी सिग्नल सिस्टम), ए बि एस (एन्टी लक ब्रेकिड्ड सिस्टम) र एच ए सी (हिल स्टार्ट असिस्ट कन्ट्रोल) जस्ता बिस्वस्तरिय प्राविधिक बिशेसता रहेका छन्.

प्रि बुकिड्ड अवधिमा नै ग्राहकबर्गमा बलियो छाप पार्दै १५० टोयोटा “रस“ बिक्रि भयको थियो। आकर्षक अफरहरु सगै छोटो समयमा नै प्रतिस्पर्धीहरुमाझ सबै भन्दा अगाडि रहन टोयोटा “रस“ सफल भयको छ। शो मा कम्पनीले आफ्नो अरु ब्राण्डहरु र्याभ फोर, ल्याण्ड क्रुजर, प्राडो, हाइलक्स र फÞरट्युनर पनि राख्ने भयको छ।

\"\"

यसको साथै नाडा अटो शो का ग्राहकहरुलाई टोयोटाले इन हाउस फाइनान्सको सुविधा पनि प्रदान गर्नेछ। कम्पनीले सम्पुर्ण ग्राहकहरुलाई स्टल नम्बर ब्ढ भ्रमण गरि बुकिड्ड मार्फत आकर्षक पुरस्कार प्राप्त गर्न अपिल गरेको छ।