कीवर्डहरू -

गुगलले सार्वजनिक गर्यो “डेटासेट सर्च” इन्जीन 

गुगलले सार्वजनिक गर्यो “डेटासेट सर्च” इन्जीन 

यहि सेप्टेम्बर ६ मा गुगलले वैज्ञानिक समूदायको “डेटासेट सर्च” इन्जीन सार्वजनिक गरेको छ । यसले उनीहरुलाई लाखौँ अनलाईनमा डेटाहरु ल्याउन मदत गर्नुका साथै अन्य डाटाहरु पनि प्राप्त गर्न सकिन्छ ।


यो सर्च इन्जीनले वैज्ञानिकहरु, डेटा जर्नालिस्ट र गिकहरुलाई चाहिको डाटा तथा उनीहरुको बौद्धिक जिज्ञासा पनि मेटे्न मदत गर्दछ । यो शैक्षिक अध्ययन र रिपोर्टहरु सर्च गर्ने इन्जीन “गुगल स्कोलर” जसरी नै काम गर्दछ ।


डेटासेट सर्चले खोजेको कुराहरु प्रकाशकहरुको साइटहरु, डिजिटल लाइब्रेरी र लेखकहरुको व्यक्तिगत वेबबाट प्रदान गर्दछ । यो डेटासेट सर्च स्कीमा मार्कअप (सेमेन्टीक भोक्याबलरी) मा निर्भर रहेको छ ।


डेटासेट मार्कअपले प्रकाशकलाई आफ्नो वेबपेजमा डेटा, गुगल र अन्य सर्च इन्जीनले बुझने गरी काम गर्न अनुमति दिन्छ । आँपूmलाई जान्न चाहेको कुरा डेटासेटमा टाईप गनुहोस् र प्रकाशीत भएको डेटाको नतिजाहरु गुगलले देखाउने छ । गुगलले भन्यो, “ डेटासेट सर्च धेरै भाषाहरुमा काम गर्दछ र थप अन्य भाषाहरु चाडैँ आउँदैछ ।”
\"\"