कीवर्डहरू -

सामसुङको नयाँ ग्यालेक्सी वाच

सामसुङको नयाँ ग्यालेक्सी वाच

सामसुङले ग्यालेक्सी नोट ९ सँग ग्यालेक्सी वाच पनि बजारमा ल्याएको छ । यसमा अन्य ग्यालेक्सी वाच भन्दा राम्रो ब्याट्रि रहेको छ । यसको विशेषता वारलेस चार्जर र एलटिइ कनेक्टीभिटी रहेको छ ।

यो ठूलो ४६ एमएम र सानो ४२ एमएम मा रहेको छ । यी दुबै सुपर आमोलिड टच डिसप्लेको साथ गोरीला डिएक्स र गलास प्रोटेक्सन रहेको छ । ४६ एमएमको १.३ इन्च र ४२एमएमको १.२ इन्च स्क्रिन रहेको छ ।


यो पानी प्रतिरोधक रहेको छ । एलटिइ कनेक्टीभिटीका कारण यसको प्रयोग स्मार्टफोन बिना प्रयोग गर्न सकिन्छ । यसमा डुयल कोर १.११५ गिगाहर्ज प्रासेसर रहेको छ । ४जीबी स्टोरेज र १.११५जीबी (एलटिइ) वा ७६८ जीबी (ब्लुटुथ) ¥याम रहेको छ । ४६ एमएमको ४७२ एमएएच र ४२ एमएमको २७० एमएएचको ब्याट्रि रहेको छ ।

यसमा स्वास्थको लागी हर्ट रेट निगरानी, बारमीटर, एम्बीयन्ट लाईट सेन्सर, जीयोस्कोप र एक्लेरोमिटर रहेको छ । यो अगष्ट २४ मा अमेरीका र अगष्ट ३१ मा दक्षिण कोरीयाको बजारमा  उपलब्ध हुने बताईएको छ ।

\"\"
बजारमा यो सेप्टेम्बर १४ देखि बजारमा उपलब्ध हुने छ । ठूलो ४६ एमएमको ३४९.९९ अमेरीकी डलर  र सानो ४२ एमएमको ३२९.९९ अमेरीकी डलर मूल्य रहेको छ । ४६ एमएम सिलभर र ४२ एमएम कालो तथा गुलाबी सुनौलो रङ्गहरुमा रहेका छन् ।