लक्ष्मी इन्टरनेशनल प्रा.लि., ह्यूण्डाईको नेपालका लागि आधिकारिक डिलरले आफ्नो नयाँ ईलेक्ट्रीक कारको लन्च नेपाल अटोमोबाइल डिलरस् एशोसियशन नाडा अटो शोमा सेप्टेम्बर ११, २०१८ मा ग¥यो । ह्यूण्डाई IONIQ , ह्यूण्डाई नेपालको नयाँ इलेक्ट्रीक गाडीको सेग्मेन्टकै पहिलो गाडी हो ।
IONIQ मा 28kWh lithium-ion पोलिमर ब्याट्रीमा कनेक्ट हुने 88kW को ईलेक्ट्रीक मोटर छ, जसले एक चोटि चार्ज गरे पछि २०० देखि २५० किलोमिटरको ड्राइभिङ दिन्छ र यसमा ११० भोल्ट आउटलेटमा सजिलै प्लग गर्न मिल्ने OBC चार्जर हुन्छ ।
नयाँ कारमा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङ्गमा चार लेबलको नियन्त्र प्रदान गर्दछ । IONIQ को साथ ग्राहकले अब ईलेक्ट्रीक गाडी किन्दा लुक्समा सम्झौता गर्नु पर्दैन ।
उच्च प्रभावकारिता र वातावरण मैत्री सवारी–साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई ह्यूण्डाईले IONIQ को साथ पूरा गर्दै उल्लेखनीय फड्को मारेको छ ।
ह्यूण्डाई ग्राहकहरुको बारे सोच्ने ब्राण्ड हो र हामी हाम्रो भावी सन्ततीलाई फाइदा हुने दीर्घकालीन परिवर्तन ल्याउन सफा मोबिलिटी समाधान प्रदान गर्नका लागि प्रतिबद्ध छौं । ग्राहकहरुलाई ड्राइभिङ डाइन्यामिक्स, लुक्स र पर्फरमेन्समा सम्झौता नगरी विविध वातावरण मैत्री गाडीहरुबाट प्रेरित गर्न ह्यूण्डाई भविष्यको पूर्णरुपले तयार छ ।