कीवर्डहरू -

फेसबुकले अफगानिस्तानका लागि ल्यायो आफ्नो अकाउन्ट लक गर्ने टूल

फेसबुकले अफगानिस्तानका लागि  ल्यायो आफ्नो अकाउन्ट लक गर्ने टूल

फेसबुकले अफगानिस्तानका प्रयोगकर्ताका लागि आफ्नो अकाउन्ट लक गर्नका लागि नयाँ टूल सार्वजनिक गरेको छ । यसले मान्छेको प्राईभेसी सेटिङ्गलाई परिमार्जन गर्नलाई मद्दत पुर्‍याउँछ ।

यो फेसबुकको ‘वान क्लिक’ टूल हो । यसले तपाईको टाइमलाइनको पोस्टहरुमा प्राईभेसी सेटिङ सुचारु गर्न दिन्छ । यसले प्रोफाइल फोटोहरुलाई डाउनलोड वा सेयर गर्नबाट रोक लगाउँछ ।

यो फिचरले नचिनेको मान्छेले तपाईको टाइमलाइनका केके हेर्न पाउने भनेर पनि सिमीत गर्ने गर्दछ । यो टूल तर इन्स्टाग्रामका लागि भने उपलब्ध नहुने कम्पनीले बताएको छ ।

इन्स्टाग्राममै पनि अकाउन्ट लक गर्न छुट्टै तरीकालाई एपले पप अपको माध्यमले प्रयोगकर्ताहरुलाई जानकारी गराउनेछ ।अफगानिस्तानमा फेसबुकले फ्रेन्ड लिस्ट पनि हेर्न नमिल्ने बनाएको छ ।

कम्पनीले आफ्नो तर्फबाट त्यहाँको प्रयोगकर्तालाई सुरक्षित बनाउन हरेक प्रयास गर्ने पनि बताएको छ र यसका लागि कम्पनीले छुट्टै अपरेसन केन्द्र पनि बनाइदिएको छ ।