कीवर्डहरू -

कस्तो छ नोभा थ्री आई !

कस्तो छ नोभा थ्री आई !

चिनियाँ फोन उत्पादक कम्पनी हुवाईले नोभा सिरिज अन्तर्गतका पछिल्लो स्मार्टफोनहरू नोभा थ्री तथा नोभा थ्री आई नेपाली बजारमा सार्वजनिक गरेको छ  । हुवाई नोभा थ्री तथा हुवाई नोभा थ्री आईमा उच्च क्षमताका क्यामराहरुका साथै आटिफिसियल इन्टेलिजेन्स (एआइर्) क्षमता भएको प्रणाली पनि जडित छ जसले सेल्फी खिच्दा छुट्टै मज्जा दिन्छ ।

हुवाई नोभा थ्रीमा दुईवटा फ्रन्ट क्यामराहरू, २४ एमपी प्राइमरी क्यामेरा तथा २ एमपीको सेकेण्डरी क्यामरा जडित छ । प्राईमरी  क्यामराले फोटो तथा भिडियोहरु एकदम स्पष्ट हुने गरी खिच्दछ भने सेकेण्डरीले गहिराईका साथ खिच्दछ । नोभा थ्रीमा शक्तिशाली रियर क्यामराहरू पनि रहेको छन्, जसमा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर रहेको छ ।


उत्कृष्ट डिजाइन तथा आकर्षक रंग विकल्पहरूले हुवाई थ्रीलाई फेसनएबल बनाएको छ । ईन्च एफएचडीं  (२३४० ह्१०८०) १९.५ः९ को फूल भ्यू रहेको यसमा एन्ड्रोइड ओरियो ८.१ अपरेटिङ सिस्टम रहेको छ । हुवावे किरिन ९७० चिपसेटमा चल्ने यो सेटमा ४ जिबीको र्याम प्रयोग गरिएको छ । एचआई एआई मोबाइल कम्प्युटिङ आर्किटेक्चर किरिन ९७० ले एआई कम्प्युटेशनहरू अझ राम्रो बनाउँछ अनि ५० गुणा राम्रो प्रदर्शन गर्दछ साथै परम्परागत सीपीयूहरूभन्दा २५ गुणा राम्रो एफिसियन्सी रहेको छ ।


ड्युल फोरजी सिम सपोर्ट गर्ने यसमा ३३४० एमएएचको व्याट्री क्षमता पनि रहेको छ । ठुलो स्क्रिनमा आकर्षक देखिने यो स्मार्टफोन रातो, निलो र कालो कलरमा उपलब्ध छ । यसको बजार मुल्य ३८, ९०० रहेको छ ।
\"\"