कीवर्डहरू -

 चितवनमा सफ्टवेयर स्वतन्त्रता दिवसको विभिन्न कार्यक्रम सम्पन्न

 चितवनमा सफ्टवेयर स्वतन्त्रता दिवसको  विभिन्न कार्यक्रम सम्पन्न

गत भदौ ३० गते शनिबार सफ्टवेयर स्वतन्त्रता दिवस चितवनमा विभिन्न कार्यक्रम गरि मनाईयो। भरतपुरको मलेवा पिसफुल कटेज एण्ड पार्टी प्यालेसमा सिअस्आईटियन् चितवन, फोस चितवनद्वारा आयोजित कार्यक्रमको अध्यक्षता सिअस्आईटियन् चितवनका अध्यक्ष अर्जुन रिजालज्यूले गर्नुभएको थियो।

क्यान फेडेरेसन चितवनका अध्यक्ष भानु शर्माज्यूको प्रमुख आतीथ्यतामा संचालन भएको ऊक्त कार्यक्रममा रत्ननगर नगरपालीकाका आई.टी. अफिसर रवि तिवारी, राप्ती नगरपालीकाकी आई.टी. अफिसर लक्ष्मी कंडेल साथै फोस नेपालका मेन्टर सागर क्षेत्री विशिष्ट अतिथिको रुपमा हुनुहुन्थ्यो।

सेलिब्रेटीङ्ग पार्टनर फोस रत्ननगर, फोस माडी, फोस गैँडाकोट, फोस भरतपुर, इन्द्रेनी ओपन सोर्स क्लब, लुम्बिनी ओपन सोर्स क्लब, इन्द्रेनी आईटी क्लब, मोजिला क्याम्पस क्लब (इन्द्रेणी कलेज०, लगायतका सस्थाहरुको सम्लग्नता रहेको थियो ।

त्यसैगरी माहुरी भेन्चर्स, नेपोटेक, सल्यानी टेक, ड्रिम टेक, आईडिया भट्टी लगायतका आई।टी। कम्पनीहरुका सदस्यहरुको साथसाथै इन्द्रेनी, लुम्बिनी, यूनाटेड् टेक्निकल कलेज, बालकुमारी कलेज, बिरेन्द्र कलेज, अकस्फोर्ड कलेजका बिधार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अवसरमा चितवन क्षेत्र भित्र स्वतन्त्र सफ्टवेयरको अवधारणा र उपयोगका निम्ती क्यान, स्थानिय निकाय, विद्यालय र विद्यार्थीको भुमिका विषयमा विचार विश्लेषण तथा छलफल गरीएको थियो ।

सबैपक्षको धारणा एवं सुझाव लिइसकेपछि क्यान इन्फोटेक्का अध्यक्ष भानु शर्माज्यूले सफ्टवेयर क्षेत्रमा स्वतन्त्र सफ्टवेयरको आफ्नै महत्व रहेको र क्यानले फोसका कार्यक्रमहरुलाई आगामी दिनमा प्रोहोत्साहन गर्ने र सफटवेयर क्षेत्रको प्रवर्धनको निम्ती छिटैनै सफ्टेक गराउने प्रतिबद्धता जाहेर गर्दै सबै पक्षहरुलाई मिलेर अगाढी बढ्ने बताउनु भयो। फोस चितवनले विभिन्न सरोकारवालाहरु संग मिलेर सफ्टवेयर फ्रीडम डे सन २००८ देखी लगातार मनाई रहेको छ। \"\"

स्वतन्त्र तथा खुल्ला स्रोत सफ्टवेयर समुदाय अथवा फोस चितवन समुदाय स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयर एवं खुला ज्ञान क्षेत्रमा कार्यरत स्वयंसेवीहरूको साझा समुदाय हो। यसको उद्देश्य चितवनमा स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर एवं खुला ज्ञानको विकास र प्रयोगको प्रवर्द्धन र प्रोत्साहन गर्ने रहेको छ।

फोस चितवनको उपलब्धीका रुपमा चितवनिक्स (Chitwanix OS) अपरेटीङग सिस्टम रहेको छ। कार्यक्रममा फोस कम्यूनिटीका विविध विषयमा छलफल गरिएको र अन्त्यमा फोस चितवनका मेन्टर सागर क्षेत्रीज्यूद्वारा केक् काटी कार्यक्रमको रोचकतालाई अझै बढाउनुभएको थियो।

१५औं सफ्टवेयर स्वतन्त्रता दिवसलाई फ्री एंड ओपन सोर्सको क्षेत्रमा केही नयाँ परिवर्तन ल्याउने खुड्किलो बनाउनको लागि आ(आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने निष्कर्षका साथ कार्यक्रम समापन गरिएको थियो।