कीवर्डहरू -

फ्यूजमेसिन एआइ छात्रवृत्तिमा आवदेन खुल्ला 

फ्यूजमेसिन एआइ छात्रवृत्तिमा आवदेन खुल्ला 

फ्यूजमेसिन आइएसी (सफ्टवेर कम्पनी) ले “फ्यूजमेसिन एआइ” छात्रवृत्ति कार्यक्रम ल्याएको छ । एआइ सिक्न चाहानेलाई प्रोत्साहान र एआइमा आफ्नो करीयर बनाउन चाहानेको लागी सहयोग गर्न यस्तो कार्यक्रम ल्याएको कम्पनीले जनाएको छ ।

यो छात्रवृत्ति फ्यूज डट एआइ   (अनलाइन एआइ शिक्षा प्रदान गर्ने प्लेटफर्म) ले प्रदान गरेको छ । छात्रवृत्तीको लागि १० हजार आवेदन लिने कम्पनीले घोषणा गरेको छ , जसको छनौट एकदमै पारदर्शी र स्क्रिनिङ प्रक्रियाबाट अगाडी बढ्नेछ । 


यसको आवेदन भर्ने अन्तिम मिति आश्विन १९, २०७५ सम्म रहेको छ । १८ वर्ष भन्दा माथिको सबैले यसमा अवेदन दिन सकिन्छ तर कम्प्युटर विज्ञान र म्याथमेटीक्स शैक्षिक ब्याग्राउन्ड भएको लाई प्राथमिकता दिईने छ । आवेदनका लागी ागकभ।बष् मा साइन अप गरेर त्यहाँ दिएको निर्देशन अनुसार भर्न सकिन्छ । 


कात्तिक १६ मा छात्रवृति बिजेता घोषण गरीने छ र सोही महिनाको २६ गते देखि कक्षा सुरु हुने छ । यो ३ महिने कोर्ष रहेको छ । यो कोर्ष पूरा गर्नको निमत्ति हप्ताको ५ देखि १० घण्टा आवेदकहरुले समय दिनु पर्ने हुन्छ । यो पुरै अनलाइन कक्षा भएकोले जुनसकै स्थानबाट पनि कक्षा लिन सकिन्छ । यो कुनै स्कुल र कलेजको डिग्री होइन तर यसले आर्टिफिसियल इन्टेलिजेन्सको करीयरका लागी उपयोगी हुनेछ । 


फ्यूजमेसिनस आइएनसी कम्पनीको मूख्य उदेश्य शिक्षा र सेवामा एआइको प्रयोग गरि समाधान प्रदान गर्नु हो । १५० भन्दा बढि दक्ष डाटा इन्जिनियर र मेसिन लर्निङ इन्जीनियरहरु यस कम्पनीमा कार्यरत्त छन् । काठमाडौँ, क्यानेडा र न्यूर्योकको कार्यालयहरुबाट दक्ष इन्जीनियरहरुले यसमा योगदान दिइरहेका छन् ।


फ्यूज डट एआइ, एमएल र एआइ सिक्न चाहानेको लागी एआइ शिक्षा प्रदान गर्ने अनलाइन प्लेटफर्म हो । फ्यूज डट एआइले एआइ टेक्नोलोजीको बारेमा ज्ञान प्रदान गर्दछ ।