कीवर्डहरू -

सिडस्टार्समा आफ्नो आइडिया पेश गरेर जित्नुहोस लाखौको लगानी

आबेदन दिने मिति असोज ८ सम्म

सिडस्टार्समा आफ्नो आइडिया पेश गरेर जित्नुहोस लाखौको लगानी

स्टार्टअपलाइ लक्षित गरेर नेपालमा विभिन्न कार्यक्रमहरु आयोजना हुने गरेका छन् । यसैक्रममा अनलिमिटेडले पाचौ संकरणको रुपमा सिडस्टार्स काठमाण्डौ आयोजना गर्दै छ । उक्त प्रतियोगितामा सहभागी जनाउन अनलाइन आबेदन दिनुपर्ने हुन्छ ।

यसको लागि अब केहिदिन मात्र बाकी रहेको आयोजकले जनाएको छ । असोज ८ गते सम्म आधिकारिक वेबसाइट http://www.nepaliidea.com मा गएर इच्छुकले आबेदन दिन सक्नेछन् ।

\"\"
यो प्रतियोगीता ३ चरणमा हुने गरेको छ । पहिलो चरणमा स्थानिय , दोस्रो चरणमा क्षेत्र र तेस्रो चरणमा राष्ट्रिय र अन्तराष्ट्रियमा प्रतियोगीता हुने गरेको छ । स्थानिय र क्षेत्र चरणको सम्पूर्ण बिजेतालाई स्विजरल्यान्डमा लगेर अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गराईन्छ ।

स्विजरल्यान्डको प्रतिस्पर्धा बिजेतालाई १ लाख अमेरीकी डलर बराबरको लगानी प्राप्त गर्ने छन । यस प्रतियोगीतामा ६ , ००० भन्दा माथि अवेदन लिइने र ७०० स्र्टाटअप छनोट गरीन्छ ।

७०० स्र्टाटअप मध्ये ६५ वटा स्र्टाटअप अन्तिम चरणको लागी छनोट गरेर १ लाई बिजेता घोषण गरिन्छ । यस वर्ष नेपालमा अनलिमिटेडले अन्र्तरप्रेरणाको सहयोगमा यो प्रतियोगीता गर्न लागेको हो

\"\"
सन् २०१३ देखि अनलिमिटेडले सिडस्टार नेपालमा नयाँ कम्पनीहरु बिच प्रतियोगीता गराएर नयाँ प्रतिभालाई पुरस्कृत गर्ने कार्य गरीरहेको छ । यो प्रतियोगीताको लागी सिडस्टार वल्र्डले स्थानिय पार्टनर अनलिमिटेड माक्रोसफ्ट इनोभेसन सेन्टर नेपाल र अनलिमिटेड एभेन्चरस , मूख्य पार्टनर यूएनडिपी , टाइटल पार्टनर वाइ वाइ रहेका छन् । यस प्रतियोगीतामा सहभागी हुन आफ्नो आइडिया पेश गर्नुपर्ने हुन्छ ।