आलोचना पछि फेसबुकले पहिलो त्रैमासिकमा सबैभन्दा बढी हेरिएको कन्टेन्टको रिपोर्ट सार्वजनिक गरेको छ । धेरै प्लेटफर्महरुले फेसबुकमा धेरैजस्तो बढी हेरिएको कन्टेन्टहरु भ्रामक र रुढीवादी न्यूज म्याक्स, बेन स्यापिरो र डान बोनजिनो जस्ता व्यक्ति तथा सञ्जालबाट आउने गरेको आरोप लगाएका थिए ।
त्यही कुराको खण्डन गर्दै फेसबुकले आफ्नो धेरैजस्तो कन्टेन्ट युट्युब, अमेजन, टिकटक र टम्बलरको जिआईएफबाट आएकोे रिपोर्टमा बताएको छ । सबैभन्दा बढी हेरिएको कन्टेन्टमा एक जना फलोरिडाको डाक्टरले कोभिडको खोप लगाएर मरेको लिकं रहेको थियो ।
फेसबुकले पटकपटक गलत जानकारी विरुद्ध काम गरिरहँदा पनि ठूलो प्लेटफर्म भएकाले समयसमयमा गलत जानकारीहरु चर्चामा आउने गर्दछन् ।