कीवर्डहरू -

एपलको नयाँ आइफोन एक्सएस, एक्सएस म्याक्स र एक्सआर

एपलको नयाँ आइफोन एक्सएस, एक्सएस म्याक्स र एक्सआर

एपलले नयाँ आइफोन एक्सएस र आइफोन एक्सएस म्याक्सको घोषण गरेको छ । दुई वटाको प्रिअडर सेप्टेम्बर १४ देखि सुरु भएको छ । यसको एक हप्ता पछि बजारमा आउने बताइएको छ । यी तिनै वटा फोनमा होम बटनको सट्टा फेस आइडी रहेको छ , जुन पछिल्लो फोनहरुमा भन्दा ठूलो परिर्वतन मान्न सकिन्छ ।


नयाँ आइफोन एक्सएसको ५.८ इन्च र आइफोन एक्सएस म्याक्सको ६.५ इन्चको डिसप्ले रहेको छ । यी दुबैको डिसप्ले आइफोन ८ प्लस भन्दा ठूलो रहेको छ ।

दुबै फोनमा धुलो र तरल पदार्थ प्रतिरोधक विशेषता रहेको छ । यी फोनहरुमा  ७ मेगापिक्सल अगाडीको क्यामेरा र दुई वटा १२ मेगापिक्सल मूख्य क्यामेरा रहेको छ । 


आइफोन ८ प्लस भन्दा धेरै ब्याट्री क्षमता रहेको छ । यी दुबै सूनौलो, सिल्भर र स्पेश ग्रे जस्ता कलरहरुमा रहेका छन् । यो ६४ जीबी, २५६ जीबी र ठूलोमा ५१२ जीबी जस्ता तिन विविध स्टोरेजमा पाइन्छ । एक्सएसको मूल्य ९९९ अमेरीकी डलर र एक्सएस म्याक्स १,०९९ अमेरीकी डलर तोकिएको छ ।


अर्को आइफोन एक्सआर अक्टुबर देखि प्रिअडरमा आउने बताइएको छ । यसको ६.१ इन्चको डिसप्ले रहेको छ । ७ मेगापिक्सल अगाडीको क्यामेरा र दुई वटा १२ मेगापिक्सल मूख्य क्यामेरा रहेको छ । ययमा ६४ जीबी स्टोरेज रहेको छ । यसको मूल्य ७४९ अमेरीकी डलर तोकिएको छ । यो विविध रङ्गहरुमा पाइने छ ।


एपलले आफ्नो प्रिजेन्टेशनमा नयाँ आइफोन र अब आउने एपल वाचले उपभोक्ता वृद्धि गर्ने आशा व्यक्त गरेका छन् ।