कीवर्डहरू -

\'बिजनेशको लागी आइओटी\' विषयमा वर्कसप आयोजना हुदै

\'बिजनेशको लागी आइओटी\' विषयमा वर्कसप आयोजना हुदै

यही असोज ५ गते शनिबार विकास उद्यमी र कोभिएन्ट यूनिभर्सिटि यूकेको हेड प्रोजेक्टको सहकार्यमा बिजनेशको लागी आईसिटि र आइओटी विषयमा अन्र्तक्रियात्मक वर्कशप कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा आइओटीमा काम गरिरहेका कम्पनीहरुको लागि “मिनी फेयर” पनि सञ्चान हुने छ । उक्त फेयरमा आइसिटी तथा आइओटीमा आधारित उद्यमीहरुले आफ्नो उत्पादन र सेवाहरुको प्रर्दशनी गर्नेछन ।


यस कार्यक्रमको मूख्य उदेश्यहरु उर्जा, कृषि र स्वास्थ सेक्टरमा आइसिटी र आइओटीको प्रयोग र नेपाली आइसिटी र आइओटी उद्यमीहरुको समस्याको समाधान खोजी गर्ने रहेको छ ।

त्यसको साथै आइसिटी उद्यमी तथा स्टार्टअपहरुलाई आगामी प्रोजेक्टका लागी पनि अवसरहरु प्रदान गर्ने रहेको छ । यो कार्यक्रम बोगेनभिला इभेन्टस, त्रिपुरेश्वरमा बिहान १० बजे देखि ३ बजे सम्म हुने छ ।