कीवर्डहरू -

फ्लप स्मार्टफोन \'इनफोकस\' पुन बजारमा 

फ्लप स्मार्टफोन \'इनफोकस\' पुन बजारमा 


अहिले विश्वमा नै मोवाइल बजार सुस्ताएको छ । एक दशकदेखि स्मार्टफोनमा विश्व बजार केन्दि«त भइरहेको थियो । तर, पछिल्लो समय केहि प्रचलित ब्राण्ड वाहेक अन्य हराउदै गएका छन । नेपालमा अझ यसको प्रभाव बढि नै देखिन्छ । 


दुई वर्ष अघि ७० भन्दा बढि मोवाइल ब्राण्डहरु नेपाली बजारमा थिए तर अहिले एक दर्जन पुर्याउन पनि मुस्किल पर्ने स्वम बिक्रेताहरु बताउछन । यसैक्रममा दुइ वर्षअघि नेपाली बजारमा भित्रिएको इनफोकस स्मार्टफोन केहि महिना पश्चात नै हराएको थिए । केहि स्मार्टफोन सेटहरु बजारमा पठाएपछि राम्रो प्रतिकृया नआएको र घाटा भएको जनाउदै प्रिज्म टेक्नोलोजिजले थप सेटहरु बजारमा उपलब्ध गराउन बन्द गरेको थियो । 


यसैहप्ता कम्पनीले भिजन ३ सहित केहि मोडल पुन बजारमा ल्याएको जनाएको छ । अमेरिकन ब्राण्ड भनेर प्रचार गएिको इनफोकस उपभोत्ता रोजाइमा भने नपरेको ब्राण्ड हो ।

चाइनिस स्मार्टफोनलाई अमेरिकन ब्राण्ड भन्दै बिक्री गर्ने प्रयास गरेपनि सफल नभएको ताम्राकार मोवाइल हाउस एक व्यपारीले बताए । मोवाइल बिक्रेताहरुले नै खासै नसुनेको ब्राण्ड कसरी बेच्ने र ? आजभोली उपभोत्ताहरु राम्रो ब्राण्ड र प्रडक्टमा केन्दित भएको जनाउदै ताम्राकार मोवाइल पसलका एक व्यपारी रमेशले भने 'अब बजारमा विश्वमा नाम र ब्राण्ड स्थापित भएका केहि स्मार्टफोन वाहेक अरु चल्दैनन'। 


बजारमा अहिले जियोनी, कलर्स, जेटटिइ चलेका स्मार्टफोन समेत हराउदै गएका छन । नोकियाले समेत अपेक्षित बजार लिन नसकेको यो अवस्थामा सामसुङले भने आफ्नो बजार कायमै राखेको छ ।

हुवावे र ओप्पोको बजार बढिरहेको मोवाइल बिक्रेताहरुको अनुभव छ । इनफोकस जस्ता ब्राण्ड अब नेपालमा बिक्दैनन, पाको न्युरोडका व्यपारी अशिमले बताए । सस्तो मुल्यमा कमशल सामानहरु राखेर बजारमा आउने धेरैजसो चाइनिज मोवाइलको बजार खस्कदै गएको बिक्रेताहरुको भनाई छ । 


पछिल्लो समय माइक्रोम्याक्स लगायत चर्चित इन्डियन ब्राण्ड समेत व्याक भइसकेको नेपाली बजारमा अब ब्राण्ड र क्वालिटी बिक्री हुन थालेको एक अध्ययनले जनाएको छ ।