कीवर्डहरू -

टेक्सासले एकेडेमिया र इन्डस्ट्रीको ग्याप हटाएको छ

टेक्सासले एकेडेमिया र इन्डस्ट्रीको ग्याप हटाएको छ


शंकरप्रसाद शर्मा
प्रमुख, सिएसआइटी विभाग, टेक्सास इन्टरनेश्नल कलेज

टेक्सास इन्टरनेश्नल कलेज काठमाडौंले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई बिएससी सिएसआइटी कार्यक्रम ल्याएको छ भने लिंकन विश्वविद्यालयबाट सम्बन्धन लिई बिएससी इन साइबर सेक्युरिटी एन्ड नेटवर्क टेक्नोलोजी कार्यक्रम ल्याएको छ ।

हामीले त्रिविको सबैभन्दा बढी सफल आइटी कार्यक्रम सिएसआइटी सञ्चालन गरेका छौं, जुन कोर्श सफ्टवेयर डेभलपमेन्टमा केन्द्रीत छ । हामीले ल्याएको अर्को कार्यक्रम भने साइबर स्पेस, साइबर क्राइम, साइबर थ्रेटसम्बन्धी एक्स्पर्टाइज हुने कार्यक्रम हो ।

टेक्सासमै किन पढ्ने भन्ने प्रश्नको जवाफमा मैले के मा जोड दिदै आएको छु भने नेपालको आइटी इन्डस्ट्रीलाई प्रतिनिधित्व गर्ने पायोनियर कलेज हो टेक्सास । एकेडेमिया र इन्डस्ट्रीबीचको ग्यापलाई हामीले विद्यार्थीको पढाइकै सिललिामा पुरा गर्ने प्रयास गरेका छौं ।

हाम्रो आफ्नै आइटी कम्पनी सफ्टेक फाउन्डेशन छ भने उत्कृष्ट विद्यार्थीलाई प्रतिष्ठित आइटी कम्पनी र कर्पोरेटहरुमा शतप्रतिशत जब प्लेसमेन्टको अवसर पनि दिएका छौं ।