कीवर्डहरू -

सामसुङले ल्यायो तीन क्यामेरा भएको \'ग्यालेक्सी ए७\' को नया भर्सन

सामसुङले ल्यायो तीन क्यामेरा भएको \'ग्यालेक्सी ए७\' को नया भर्सन


दक्षिण कोरियन कम्पनी सामसुङलेले तीन क्यामेरा भएको ग्यालेक्सी ए७९२०१८० सार्वजनिक गरेको हो ।
सामसुङले दक्षिण कोरियामा सार्वजनिक गरेको यो स्मार्टफोनको मूल्य भारतीय बजारमा ३० हजारभन्दा कम रहनसक्ने बताइएको छ । साथै यो उत्पादन युरोप तथा एसियाको बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।


सामसुङले आफ्नो ग्यालेक्सी उत्पादनका प्रयोगकर्ताहरुलाई नयाँ आविष्कारको प्रयोगको मौका दिने उद्देश्यका साथ यो उत्पादन बजारमा ल्याइएको बताएको छ ।


सासमुङ ग्यालेक्सी ए७ (२०१८) मा ६.० इन्चको एमोएलईडी डिस्प्लेको प्रयोग गरिएको छ । यो उत्पादन तीन वारियन्टमा उपलब्ध हुनेछन् । जसमा ४ जीबीं ६४ जीबी, ४ जीबीं १२८जीबी र ६जीबीं १२८जीबी स्टोरेजको क्षमता रहनेछ । यो स्मार्टफोनको रेयर क्यामेरामा २४ मेगापिक्सलको एएफ लेन्सको प्रयोग गरिएको छ, ८ मेगापिक्सको अल्ट्रा वाइडलेन्स तथा ५ मेगापिक्सलको डेप्थ लेन्स रहेको छ ।


सामसुङले दिएको जानकारीअनुसार यो स्मार्टफोनले धेरै उज्यालो तथा निकै कम उज्यालोमा पनि राम्रो फोटो खिच्नसक्छ । यो स्मार्टफोन एन्ड्रोइड ८.० ओरियोमा चल्नेछ भने यसमा ३३०० एमएएचको ब्याट्रिको प्रयोग गरिएको छ ।

\"\"
आगामी अक्टोबर ११ मा सामसुङ ए सेरिजको ग्यालेक्सी ए९ सार्वजनिक गर्ने तयारीमा रहेको छ । (एजेन्सी)