कीवर्डहरू -

४ नयाँ स्मार्टफोनहरू लिएर शाओमीको नेपाली बजारमा आगमन, अब भारतकै मुल्यमा सर्माटफोन उपलब्ध हुने 

४ नयाँ स्मार्टफोनहरू लिएर शाओमीको नेपाली बजारमा आगमन, अब भारतकै मुल्यमा सर्माटफोन उपलब्ध हुने 

टेक कम्पनी शाओमीले नेपाली बजारमा आधिकारिक रूपमा प्रवेश गरेको घोषणा गरेको छ । यसअघिदेखि नै बजारमा आफ्नो उपस्थिती देखाएको कम्पनीले आइतवारदेखि आधिकारिकरुपमा नेपाल भित्रिएको जानकारी दिएको हो ।

कम्पनीले आईतवार राजधानीमा कार्यक्रम गर्दै आधिकारिक बजार प्रवेशको घोषणासँगै एमआइ ए२,  एमआइ ए२ लाइट, रेडमी ६, तथा रेडमी ६ए  पनि नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कार्यक्रममा शाओमी इन्डियाका नेपाली बजार हेर्ने वैदेशिक विस्तारका प्रमुख सङ्केत अगरवालले नयाँ प्रविधिलाई बजारमा ल्याई सम्पूर्ण ग्राहकहरूलाई सुलभ मूल्यमा फोनहरू उपलब्ध गराउनु हाम्रो सधैँको प्रतिबद्धता भएको बताए । उनले गत केही वर्षदेखि नेपाली बजारमा स्मार्टफोनले राम्रो स्थान लिएको र यहाँको रैथाने बजारसँग सहकार्य गर्न उत्सुक भएको स्पष्ट पारे ।


‘यहाँका लाखौँ एमआइ समर्थकहरूको साथ पाएर एउटा मीठो कथा लेख्ने हाम्रो धोको छ,’ उनले थपे, ‘आधिकारिक रूपमा नै हाम्रो आगमनसँगै नयाँ मोडलहरू सुलभ मूल्यमा ल्याउनका लागि नेपालबाट पनि हामीले समर्पित टोली सिर्जना गर्नेछौँ ।’


रेडमी ६ ( Redmi 6)
दुईवटा क्यामरा भएको, अक्टा कोर स्पिड जसले अति प्रभावशाली १२ नानोमिटर प्रोसेसरको प्रयोगबाट ४८ प्रतिशत कम ब्याट्रि प्रयोग गर्ने अवस्था प्रदान गर्छ । ५।४५ इन्चको स्क्रिन भएको यो फोनको रेजोलुसन १४४०ः७२० पिक्सेल रहेको छ । पोलिकार्बोनेट प्रयोग गरिएको ब्याक प्यानल धातुको सतह जस्तो देखिन्छ भने फोनको साइज हातमा सजिलै समाउन सकिने किसिमले बनाइएको छ ।

१२ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको क्यामरा पछाडि रहेका छन् भने इलेक्ट्रोनिक इमेज स्टेबिलाइजेसनबाट कम प्रकाशमा पनि द्रूत गतिका चित्रहरू सहजै खिच्न सकिने प्रणाली यो फोनमा छ । यो फोन अनुहारबाट नै अनलक गर्न सकिन्छ ।

\"\"
यसको बजार मूल्य ३ जीबी र्याम तथा ३२ जीबी आन्तरिक स्टोरेजको बजार मूल्य १६ हजार ४९९ रुपैयाँ तथा ३ जीबी र्याम तथा ६४ जीबी आन्तरिक स्टोरेजको बजार मूल्य १८ हजार ४९९ रुपैयाँ तोकिएको छ ।


रेडमी ६ए (Redmi 6A)
रेडमी ६एमा रेडमी ६ कै विशेषताहरू रहेका छन् । तर यो फोनमा हेलियो ए२२ चीपसेट भएका कारण यो तहको फोनहरूमा रेडमी ६ए सर्वोत्कृष्ट फोन हो । यसको ३००० एमएएचको ब्याट्रिले गर्दा यो फोनको स्ट्यान्डबाइ मोड ९ दिनसम्म रहन सक्छ । अर्थात तपाईँले ९ दिनसम्म फोन चार्ज नगर्दा पनि हुन्छ ।


१२ मेगापिक्सेल प्लस ५ मेगापिक्सेल को क्यामरा पछाडि रहेका छन् भने इलेक्ट्रोनिक इमेज स्टेबिलाइजेसनले साओमीको आर्टिफिसियल इन्टेलिजेन्स पोर्ट्रेट मोड प्रयोग गर्न सक्छ । यो फोन अनुहारबाट नै अनलक गर्न सकिन्छ । रेडमी ५ए कै सरह यो रेडमी ६ ए फोनमा पनि दुईवटा सिम कार्डको बीचमा माइक्रो एसडि कार्ड राख्न सकिन्छ र यो फोनमा फोरजी पनि प्रयोग गर्न सकिन्छ । २ जीबी र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज रहेको यो फोनको बजार मूल्य १२ हजार ९९९ रुपैयाँ राखिएको छ । रेडमी ६ र ६ए सुनौलो, कालो, र नीलो रङ्गमा उपलब्ध छन् ।


एमआइ ए ( Mi A2)
विशेषगरि शाओमी एमआइ ए २ स्मार्टफोन फोटोग्राफी रुचाउनेहरुका लागि ध्यानमा राखेर ल्याईएको छ । यो २० मेगापिक्सेलको ड्यूल क्यामरा भएको फोन हो जसले कम प्रकाशमा पनि उत्कृष्ट फोटो खिच्न सक्छ । पछाडिको कुन क्यामरा प्रयोग गर्ने भन्ने रोजाइ आफूले नै गर्न सकिने यो फोनको विशेषता हो ।


सेल्फि खिच्न रुचाउनेहरूका लागि यो फोन उत्कृष्ट छ, किनभने कम प्रकाशमा पनि राम्रो फोटो निकाल्न सक्ने प्रविधि यसमा रहेको छ । यो फोनमा पनि इलेक्ट्रोनिक इमेज स्टेबिलाइजेसन भएकाले द्रूत गतिका वस्तुलाई सहजै खिच्न सक्ने यो फोनको विशेषता हो । लामो समयसम्म ब्याट्रि टिक्न सक्ने यो ५.८४ इन्चको फोनमा अटो कन्ट्रास्ट, रिडिङ मोड, र नाइट मोड पनि भएकाले एक हातले सजिलै प्रयोग गर्न सकिन्छ ।

\"\"
एमआइ ए२ लाइट (Mi A2 Lite)
एन्ड्रोइड वान प्रयोग भएको १९ः९ रेसियो डिस्प्ले गर्ने पहिलो फोनहरूमध्येमा पर्छ एमआइ ए२ लाइट स्मार्टफोन । यसको स्क्रिनमा अटो कन्ट्रास्ट, रिडिङ मोड, तथा नाइट मोड पनि छ । फोटोका लागि फोनमा १२ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको क्यामरा रहेको छ भने अघिल्तिरको क्यामरा ५ मेगापिक्सेलको छ जसमा एआइ पोट्रेट मोड प्रयोग हुन्छ ।

पावरका लागि फोनमा ४००० एमएएचको शक्तिशाली ब्याट्रि छ, जसले ६ घण्टा गेम खेल्न सकिने र ३४ घण्टा सङ्गीत सुन्न सकिन्छ ।
शाओमीले एमआइ ए २ स्मार्टफोन ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भएको फोनको बजार मूल्य ३० हजार ९९९ रुपैया छ । ए२ लाइट ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भएको फोनको मूल्य २४ हजार ४९९ रुपैयाँ तोकिएको छ भने ३ जीबी र्याम तथा ३२ जीबी आन्तरिक स्टोरेज भएको ए२ लाइटको बजार मूल्य २० हजार ९९९ रुपैयाँ तोकेको छ ।

यी फोन कालो, सुनौलो र नीलोमा उपलब्ध छन् । सार्वजनिक भएका चारवटै मोडलका फोनहरु नेपालभर स्टोरहरुबाट किन्न सकिने कम्पनीले जानकारी दिएको छ ।