कीवर्डहरू -

हिमस्टारको हातखाली नजाने ‘खुक्र्याे कि फुक्र्याे’ योजना सार्वजनिक

हिमस्टारको हातखाली नजाने ‘खुक्र्याे कि फुक्र्याे’ योजना सार्वजनिक

गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रा. लि. ले दशंै, तिहार र छठको अवसर पारेर ‘खुक्र्याे कि फुक्यर्।े’ योजना सार्वजनिक गरेको छ । 


कम्पनीले नजिकिदै गरेको नेपालीहरुको महानपर्वहरु बडा दशंै, तिहार तथा छठको अवसर पारेर ग्राहकले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेसिन लगायतका होम अप्लाएन्सेसको खरिदमा हातखाली नजाने योजना ल्याएको छ । ‘स्क्रयाच गरी, उपहार जीति, दंङ परि’ भन्ने उक्त योजनाको स्लोगन रहेको छ । 

यो योजनमा समावेश हुने ग्राहकले कुपन स्क्रयाच गरेर हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरन जित्न सक्नेछन् ।

प्रसिद्ध ब्राण्ड हिमस्टारले नेपाली बजारमा स्तरिय होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ । ग्राहकहरुले यो चाडपर्वको उपलक्ष्यमा हिमस्टारसँग नयाँ अनुभव प्राप्तगर्ने कम्पनीको बिश्वास रहेको छ । 

‘खुर्कियो कि फुर्कियो’ योजना सिमित अवधिका लागि मात्र उपलब्ध हुनेछ । चाडै गर्नुहोस उत्कृष्ट ब्राण्डको होम अप्लाएन्सका साथमा हातखाली नजाने यो योजनामा सहभागी हुनुहोस् ।