युटुयुबले सबै आईओएस प्रयोगकर्ताका लागि पिक्चर इन पिक्चर मोड रोल आउट गर्ने भएको छ । टेकक्रन्चको रिपोर्ट अनुसार युटुयुबले सुरुमा प्रिमियम प्रयोगकर्तालाई यो फिचर दिनेछ । त्यसपछि अरु आईओएस प्रयोगकर्तालाई उपलब्ध हुनेछ ।
यो फिचर सर्वप्रथम भने अमेरिकाका आईओएस प्रयोगकर्ताका लागि उपलब्ध हुने युट्युबले जनाएको छ । यो मोडले प्रयोगकर्ताहरुलाई ब्राउजरमा अरु काम गरिरहँदा मिनी प्लेअरमा भिडियो हेर्न दिनेछ ।
यो फिचर नेटफ्ल्क्सि, ट्वीच, अमेजन प्राइभ भिडियो डिज्नी प्लस र एप्पल टिभीले यसअघि नै प्रयोगमा ल्याइसकेका छन् । यो फिचरले मोबाइलमा अन्य काम गर्दै भिडियो हेर्न सहज बनाउने छ । प्रिमियम प्रयोगकर्ताहरुको लागि यो परिक्षण अक्टोबर ३१ मा सकिने जनाइएको छ ।