कीवर्डहरू -

सामसङको दशैंमा क्यास व्याक अफर

सामसङको दशैंमा क्यास व्याक अफर

काठमाडौं, असोज २ । सामसङ इलेक्ट्रोनिक्स नेपालले दसैं २०७५ को अवसरमा तोकिएका सामसङ स्मार्ट फोनहरुको खरिदमा आफ्ना ग्राहकहरुलाई आकर्षक क्यास व्याक अफर प्रस्तुत गरेको छ । “सामसङको दशैं अफर” नाम दिइएको यो योजनामा ग्राहकहरुलाई उपहार स्वरुप क्यास ब्याक दिइएको हो । 


यो योजनालाई अझ बढी आकर्षक बनाउन, कुनै पनि स्मार्ट फोन खरिदकर्ता वा सामसङको ट्यावलेट खरिद गर्नुहुने ग्राहकहरु मध्येबाट हरेक हप्ता (लगातार ४ हप्तासम्म), २ जना भाग्यशाली विजेताले सिंगापुर गई  स्टार क्रुजमा जलयात्रा गर्न पाउनुहुनेछ । 


दशैंको अवसरमा नयाँ उत्पादन खरिद गर्ने योजना बनाउनुभएका ग्राहकहरुलाई लक्षित गरी यो योजना प्रस्तुत गरेको छ । सामसङले प्रस्तुत गरेको यस नवीनतम योजनाले ग्राहकहरु निश्चित रुपमा उत्साहित एवं खुसी हुनुहुने छ । सामसङले ग्राहकमूखी सेवा एवं योजनालाई सदैव अग्रपङ्क्तिमा राख्दै आएको छ । फलस्वरुप गुणस्तरीयता, ग्राहकमुखी उत्कृष्ट सेवा तथा समसामयिक योजनाहरु प्रस्तुत गर्दै आएको छ । 


यो याजना असोज १ गतेदेखि असोज २८ गतेसम्म लागू हुने छ । लक्की ड्र अन्तर्गत सिंगापुर भ्रमणको घोषणा असोज ८ गते, १५ गते, २२ गते र २९ गते सामसङको आधिकारिक पेज मार्फत् गरिने छ ।