कीवर्डहरू -

\'ओयो\' पोखरा प्रिमियर लिगको हस्पिटालिटी पार्टनर 

\'ओयो\' पोखरा प्रिमियर लिगको हस्पिटालिटी पार्टनर 

काठमाडौं । ओयो, दक्षिण पुर्वी एसियाको सबै भन्दा ठुलो श्रृंखला होटेलले पोखरा प्रिमियर लिगको पहिलो सस्करणको आतिथ्य (हस्पिटालिटी) साझेदारीको घोषणा गरेको छ । साझेदारको रुपमाओयोले लिगमाभागलिने खेलाडिहरु र लिग मेम्बरकालागी बस्ने सुविधाप्रदानगर्ने छ ।

काठमाडौं रोयल, पोखरा पल्टन्स, चितवनराइनोज, बुटवल ब्लास्टर, बिराटनगर टाइटान्स र धनगढी ब्लुजकार्तिक ९ गतेदेखि सुरुहुने उक्तपोखरा प्रिमियर लिगमा सहभागीहुनेछन् ।

ज्ञापनपत्रमाहस्ताक्षर ओयोका नेपाल प्रमुख निशिद्ध हलानी तथा क्विन्स इभेंट म्यानेजमेन्टका कार्यकारी निर्देशक छुम्बी लामाद्वारा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का तथा  नेपाल हेड कोच जगत बहादुर तमट्टाको उपस्थितिमा रोयल एम्पायर बुटिक होटलमा भएको हो ।


साझेदारीको सम्बन्धमा बोल्दै छुम्बी लामाले भन्नुभयो, ‘ओयोलेहामीेसँग साझेदारी गरेर हाम्रा खेलाडीहरु, टिम मेम्बरहरू, व्यवस्थापन समिति तथा सरकारी निकायका कर्मचारीहरुको लागि उच्च गुणस्तरी बसाइको अनुभव गराउने अवसर दिनु भएकोमा हामी हर्षित छौँ ।

हामीलाई आशा छ पोखरा प्रिमियर लिगका शुभचिन्तकहरूले यसलाई उत्कृष्ट जीतको साझेदारीका रूपमा हेर्नु हुनेछ र  ओयो आतिथ्यको अनुभव लिनका लागि उपलब्ध योजनाबाट लाभ उठाउनु हुनेछ ।


कार्तिक७देखीखेलाडीहरू खेलमैदानमाआफ्नो उत्कृष्ट प्रदर्शन गरिरहेकाबेला खेलको मज्जालिन फ्यानहरूले सजिलै ओयो होटलमा ५० % छुटमा रुम बुक गर्नसक्नेछन् ।