कीवर्डहरू -

यूएन डिजिटल लाईब्रेरी नयाँ भर्जनमा सार्वजनिक 

यूएन डिजिटल लाईब्रेरी नयाँ भर्जनमा सार्वजनिक 

असोज ९ गते काठमाडौँमा यूनआइसि (दि यूनाइटेड नेशनल इन्फरमेशन सेन्टर) ले “यूएन डिजिटल लाईब्रेरी” नयाँ भर्जनमा सार्वजनिक गरेको छ । यो त्रिभुवन विश्वविद्यालय सेन्ट्रल लाईब्रेरीको सहकार्यमा सार्वजनिक भएको थियो ।

\"\"


यस नयाँ भर्जनमा नेपालको युएन एजेन्सीको भिडियो, नेपालमा भएका युएनहरुको बारेमा १० हजार डिजिटल डकुमेन्टस, फोटो र भिडियो, युएनको एतिहासीक र हालको फोटोहरु  रहेको छ ।

यसको मोबाईल एपमा कन्टेन्ट पत्ता लगाउन भिडियो कभर सर्च रहेको छ । यसको ७ हजार अनलाइन प्रयोगकर्ता रहेका छन ।  मोबाइल एप प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । यसमा प्रयोगकर्ताको कम खर्चिलो बनाउने गरी अफलाइन सेभको पनि सुबिधा रहेको छ । यो प्ले स्टोरमा “यूएन डिजिटल लाईब्रेरी इन नेपाल” को नाममा रहेको छ । यो एप मोबाइल एन्ड्रोइड र विन्डोजमा पनि उपलबध रहेको छ ।


यसको पहिलो भर्जन जुन २०१५ मा त्रिभुवन विश्वविद्यालयमा भएको थियो । यसमा ४७ हजार डकुमेन्टस डाउनलोड र ५ लाख बढिले डकुमेन्टस, फोटो र भिडियो हेरेका थिए । सन् १९६४ देखि नेपलमा यूनाइटेड नेशनल सिस्टमको मूख्य स्रोत दि यूनाइटेड नेशनल इन्फरमेशन सेन्टर रहेको छ ।