कीवर्डहरू -

ब्रेनफक्सले डोमेन, होस्टिङ र SSL बेच्दै

ब्रेनफक्सले डोमेन, होस्टिङ र SSL बेच्दै

ब्रेनफक्स डोमेनले नेपाल बजार लक्षित गरेर डोमेन, होस्टिङ, SSL सर्टिफिकेट लगायत अन्य सेवाहरुको बेच(बिखन थालनि गरेको छ। डोमेन र होस्टिङ किन्दा क्रेडिट कार्ड अथवा पे(पाल आवश्यक पर्छ जुन नेपालको मौद्रिक निति मार्फत बन्देज गरिएको छ । जसले गर्दा डोमेन, होस्टिङ आदिको लागि बिदेशमा रहेका साथिभाईमा पर निर्भर बन्नु परेको छ ।

ब्रेनफक्सले भने खल्तिसँगको सहकार्यमा नेपालि मुद्रामै यि सुबिधा प्रदान गरिरहेको छ । यसले गर्दा अबदेखि डोमेन तथा त्यस्तै अरु सेवा खरिद गर्दा हुने गरेको समस्याको अन्त्य भएको कम्पनीले जनाएको छ  ।

ब्रेनफक्सले अहिले २०० रुपैयाँमै वेबसाइट बनाउन सकिने नयाँ सेवा सुरुवात गरेको छ । यस अन्तर्गत । .xyz डोमेन दिने र वेबसाइटका लागि Weebly को प्रयोग गरिने बताइएको छ । ब्रेनफक्सले रिसेलर होस्टिङ समेत बेचिरहेको छ, जसको प्रयोगले साना तथा मझाला वेब(साइट कम्पनिले सरभर खरिद गरि, एकदमै थोरै पैसामा आफ्ना ग्राहकलाई वेबसाइट बनाउन सक्नेछन् । जसमा ब्रेनफक्सले कुनै कमिसन समेत लिने छैन ।

यि सुविधा प्रयोग गर्नको लागि BrainFoxs.com मा अकाउण्ट बनाएर, तुरुन्तै सेवा उपभोग गर्न सकिने छ ।