इन्स्टाग्रामले किशोर अवस्थाका बालबालिकाहरुको सुरक्षाका लागि प्रयोगकर्ताहरुलाई आफ्नो जन्मदिन सेयर गर्नु पर्ने बनाउने भएको छ । यो अपडेटले एपलाई प्रयोगकर्ताको उमेर पत्ता लगाएर अनलाइन उत्पीडनबाट बचाउन मद्दत पुर्याउने बताइएको छ ।
सन् २०१९ देखिनै नयाँँ प्रयोगकर्ताहरुलाई इन्स्टाग्रामले साइन अप गर्दा आफ्नो जन्मदिन पनि हाल्न लगाउन थालेको छ । तर त्यो भन्दा पहिलै अकाउन्ट भएकाहरुले यो जानकारी सेयर नगर्ने हुँदा अबको आउँदो हप्ताहरुमा जन्मदिन हाल्न भनेर एपमा प्रम्प्ट आईरहनेछ ।
सुरुमा त्यो नोटिफिकेसनलाई हटाए पनि पछि एपले अनिवार्य रुपमा त्यो जानकारी हाल्न लगाउनेछ । एपले धेरै चोटिसम्म जन्म मिति माग्नेछ र संवेदनशील कन्टेन्ट हेर्न खोज्दा पनि त्यही प्रम्प्टनै आउनेछ ।
चिकित्सा प्रक्रिया र अरु कन्टेन्टहरु हेर्न पनि उमेर हाल्नैपर्ने हुन्छ । झुठो जन्मदिन हालेको हो की भनेर जाँच गर्न कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्नेछ ।
गलत जस्तो लागेमा प्रयोगकर्तालाई फेरि आफ्नो उमेर भेरिफाई गर्न लगाइनेछ । केही दिन अघि अपरिचित मान्छेहरुलाई किशोर अवस्थाको बालबालिकालाई मेसेज गर्नबाट रोक्नका लागि पनि इन्स्टाग्रामले फिचर ल्याएको थियो ।