कीवर्डहरू -

“फ्यूजमेसिन एआइ” छात्रवृत्ति कार्यक्रमबारे जानकारी दिन \'ओपन हाउस\' संचालन हुदै

“फ्यूजमेसिन एआइ” छात्रवृत्ति कार्यक्रमबारे जानकारी दिन \'ओपन हाउस\' संचालन हुदै

फ्यूजमेसिन आइएसी (सफ्टवेर कम्पनी) ले “फ्यूजमेसिन एआइ” छात्रवृत्ति कार्यक्रम ल्याएको छ । एआइ सिक्न चाहानेलाई प्रोत्साहान र एआइमा आफ्नो करीयर बनाउन चाहानेको लागी सहयोग गर्न यस्तो कार्यक्रम ल्याएको कम्पनीले जनाएको छ ।

आबेदनको अन्तिम मिति नजिक आइरहेको बेला कम्पनिले यसबारे थप बुझ्न र जानकारी लिन 'ओपन हाउस' कार्यक्रम संचालन गर्दै छ  । ४ अक्टोबरमा आयोजना हुने कार्यक्रममा इच्छुक जो कोहिले सहभागिता जनाउन सक्नेछन् ।

यो छात्रवृत्ति फ्यूज डट एआइ   (अनलाइन एआइ शिक्षा प्रदान गर्ने प्लेटफर्म) ले प्रदान गरेको छ । छात्रवृत्तीको लागि १० हजार आवेदन लिने कम्पनीले घोषणा गरेको छ , जसको छनौट एकदमै पारदर्शी र स्क्रिनिङ प्रक्रियाबाट अगाडी बढ्नेछ । 


यसको आवेदन भर्ने अन्तिम मिति आश्विन १९, २०७५ सम्म रहेको थियो । १८ वर्ष भन्दा माथिको सबैले यसमा अवेदन दिन सकिन्छ तर कम्प्युटर विज्ञान र म्याथमेटीक्स शैक्षिक ब्याग्राउन्ड भएको लाई प्राथमिकता दिईने छ । आवेदनका लागी ागकभ।बष् मा साइन अप गरेर त्यहाँ दिएको निर्देशन अनुसार भर्न सकिन्छ । 


कात्तिक १६ मा छात्रवृति बिजेता घोषण गरीने छ र सोही महिनाको २६ गते देखि कक्षा सुरु हुने छ । यो ३ महिने कोर्ष रहेको छ । यो कोर्ष पूरा गर्नको निमत्ति हप्ताको ५ देखि १० घण्टा आवेदकहरुले समय दिनु पर्ने हुन्छ । यो पुरै अनलाइन कक्षा भएकोले जुनसकै स्थानबाट पनि कक्षा लिन सकिन्छ । यो कुनै स्कुल र कलेजको डिग्री होइन तर यसले आर्टि्फिसियल इन्टेलिजेन्सको करीयरका लागी उपयोगी हुनेछ ।