कीवर्डहरू -

उत्पीडन रोक्न नयाँ ‘सेफ्टी मोड’ फिचर परीक्षण गर्दै ट्वीटर

उत्पीडन रोक्न नयाँ ‘सेफ्टी मोड’ फिचर परीक्षण गर्दै ट्वीटर

ट्वीटरले उत्पीडन रोक्न नयाँ 'सेफ्टी मोड' फिचरको जाँच गरिरहेको छ । यो फिचरले स्वायत्त रुपमा अनैतिक भाषा प्रयोग गर्ने अकाउन्टहरुलाई ब्लक गरिदिने छ ।

यो फिचरलाई कम्पनीले फेब्रुअरीमा प्रिभ्यू गरेको थियो । अहिलेको लागि एपले यो फिचर प्रतिक्रियाको निम्ति सानो ग्रुपमा उपलब्ध गराईरहेको छ ।

ट्वीटरका अनुसार यो प्रणालीले तपाईले अन्तर्क्रिया गरिरहने अकाउन्ट र चिनेको अकाउन्टलाई भने ब्लक गर्दैन् र विशेषगरी ट्रोललाई ध्यान दिनेछ । यो फिचरले अस्थायी रुपमा कुनै अकाउन्टलाई सात दिनका लागि ब्लक गरिदिने गर्दछ ।

यो प्रणालीले ट्वीटको कन्टेन्ट र ट्वीट कर्ता र अर्काे अकाउन्ट बिचको सम्बन्धलाई विशलेषण गर्ने गर्दछ । यसले धेरै प्रयोगककर्तालाई उत्पीडनबाट बचाउन सकिने विश्वास गरिएको । सुरुको चरणमा फिचरमा केही समस्या पनि आउन सक्ने हुँदा प्रयोगकर्ताहरुले आफै अटोब्लक हटाउन पनि सक्नेछन् ।