कीवर्डहरू -

सिएसआटि एसोसिएसन अफ नेपालको साधारण सभा सम्पन्न

सिएसआटि एसोसिएसन अफ नेपालको साधारण सभा सम्पन्न

सिएसआटि एसोसिएसनअफ नेपालको ७ औँ वार्षिक साधारण सभा यहि मिति २०७५ असोज १७ गते IIMS कलेज पुतलीसडकमा सम्पन्न भएको छ । साधारण सभाले संस्थाको वार्षीक कार्य प्रगति प्रतिवेदन , आर्थिक प्रतिवेदन सर्वसहमतिले पारित गर्दै नयाँ कार्य समिति निर्वाचित गरेको छ । 


कार्य समितिको अध्यक्षमा गोकुल घिमिरे , उपाध्यक्षहरुमा शिशिर श्रेष्ठ र गरिमा खकुरेल, महासचिवमा सुदिप पौडेल, सचिवमा अग्रणी अमात्य र सुर्य विष्ट, कोषाध्यक्षमा वसन्त खनाल, सह कोषाध्यक्षमा शुभ मर्हजन र सदस्यहरुमा अनुसुया शिजापति, आयूष पौडेल, आविष्कार पाण्डे, आशिष गिरी र स्मृति वन्जाडेलाई निर्विरोध निर्वाचित गरेको छ ।  


साधारण सभाको उद्धघाटन प्रमुख अतिथि संस्थाका पुर्व अध्यक्ष विजय श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रम श्याम बख्रेलले अध्यक्षता शिशिर श्रेष्ठको स्वागत मन्तव्य र गोकुल घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।