कीवर्डहरू -

वेब एसोसिएसनले \'स्टार्टअपका चुनौती र सम्भावना\' विषयमा कार्यक्रम गर्दै

वेब एसोसिएसनले \'स्टार्टअपका चुनौती र सम्भावना\' विषयमा कार्यक्रम गर्दै

वेव एसोसिएसन नेपालले वेब स्टार्टअपहरुका चुनौती र सम्भावना विषयमा अन्तकृया कार्यक्रम आयोजना गर्दैछ । अहि शनिवार होटल हार्दिकमा आयोजना हुने कार्यक्रममा विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र अन्तकृयात्मक छलफल हुने आयोजकले जनाएको छ ।

वि. सं. २०६९ मा स्थापना भई  व्यवसायिक एकता र पेशागत विकासका लागि बृहत्तर आवद्धताको मुख्य उद्धेश्य सहित हाल आफ्ना संगठित कार्यक्रमहरुलाई तीब्रता दिन गइरहेको सस्थाkका महासचिब द्रोण पराजुलीले जानकारी दिए  ।


वान अर्थात ( Web Association Nepal )  नेपाल भित्र छरिएर रहेका आईटी, सफ्टवयेर निर्माण, एप्लिकेशन निर्माण, इन्टरनेट सेवा तथा  वेव डिजाइन तथा विकाससंग सम्वन्धित भई प्रत्यक्ष ÷अप्रत्यक्ष रुपमा व्यवसायिक कारोवार गरिरहेका कम्पनीहरु तथा यस क्षेत्रका उच्च प्राविधिक जनशक्तिहरुको छाता संगठन हो ।


नवीनतम् प्रविधि र आयामसंग सम्वन्धित भई नेपाली आइटी तथा वेव स्टार्टअप कम्पनीका चुनौती र सभावनाहरु  विषयक कार्यशाला, छलफल  तथा अन्तक्र्रिया कार्यक्रम तथा दशैको शुभकामना आदानप्रदान गर्नेगरी कार्यक्रमको आयोजना गरिएकोले सहभागिताको लागि सस्थाले आग्रह गरेको छ ।


मितिः २०७५ आश्विन २० गते शनिवार
स्थानः होटल हार्दिक, बागबजार, काठमाण्डौ, नेपाल
समयः विहान १०ः३० देखि २ बजे सम्म


सह आयोजकः सिटीएफ नेपाल, वेव बैँक नेपाल, वेव लिकं नेपाल, मिरर ग्रिड, इप्रिमा टेक्नोलोजी, लावा नेपाल, प्रयास नेपाल, अजेममान डट कम, इजि सफ्टवेयर, एस्टोरोइड भेन्चर, दिव्यज्ञान कलेल, कुमारी जव, इन्फो डेभेलपर, मर्केन्टाइल कम्युनिकेशन सिस्टम आदि ।

\"\"