ह्वाट्सएपले फेसबुकसँग डेटा सेयर गरेको भनेर २६७ मिलियन डलर ईयू अर्थात ३६ अर्ब ९६ करोड १३ लाख रुपैयाँ जरिवाना तिर्ने भएको छ । आईरिस डेटा संरक्षण आयोगले ह्वाट्सएपको विरुद्ध यूरोपेली यूनीयनको प्रयोगकर्ताहरुसँग पर्याप्त विवरण सेयर नगरेको भनेर जरिवाना तिराउन लागेको हो ।
यो एपले सामान्य डेटा संरक्षण विनिमय (जिडिपिआर) पारदर्शिताको नियमलाई पालना नगरेको पाईएको छ । ह्वाट्सएपले सम्पर्क नम्बर एनोनिमस बनाउनु पर्ने ठाउँमा सियुडोनिमस बनाईरहेको पनि पाईएको थियो ।
नम्बर इन्क्रिप्ट गर्न ह्यास कोड प्रयोग गरेको पाइएको छ जसलाई सजिलै केही कोडका माध्यमले डिक्रिप्ट गर्न सकिन्छ । आईरिस डेटा संरक्षण आयोगले ह्वाट्सएपलाई आफ्नो पारदर्शितालाई सुधार गर्न र जिडिपिआर अन्र्तगत रहेर डेटा सेयर गर्न निर्देशन दिएको छ ।
आईरिस डेटा संरक्षण आयोगले सुरुमा ह्वाट्सएपलाई ६ अर्ब मात्रै जरिवाना तिराउने सोचेको थियो तर जर्मनी र अरु देशहरुले प्राईभेसीको हानी हुँदा पनि आयोगले सजिलो सजाय दिन खोजेको भनेर आवाज उठाएपछि जरिवाना बढाइएको थियो । ह्वाट्सएप आफू एकदमै पारदर्शी नै रहेको भनेर ठहर गरिरहेको छ ।